“मन मान्दैन” गीतको भिडियो अमेरिकाको क्यालिफोर्निया राज्यमा निर्माण हुदै

गीत संगीतका  डाक्टरका रुपमा चिनिनुहुने रचनाकार डा कृष्ण हरि बरालका माया पिरती, मिलन बिछोड आदि भाव समेटिएको एल्बम “शंका”मा आधुनिक गित गजलका सुरिला संगीत सर्जक संगीतकार गैरे सुरेशको शुमधुर संगीत रहेको छ| उक्त गीति एल्बम गायिका शोभा पाण्डेको पहिलो एल्बम हो| बिन्दबाशिनी म्युजिक मार्फत केही समय अगि सार्बजनिक भयको एल्बमका गीतहरु एक पछि अर्को भिडियो बन्दै छन्| एल्बमको शीर्ष गीतले राम्रो चर्चा पायको थियो| सोहि एल्बमबाट “मनाही छ” गीतको भिडियोको पनि राम्रै प्रशंशा बटुलेको थियो|

उक्त एल्बमको “मन मान्दैन” बोलको गीतको भिडियो बिशेष किसिमले अमेरिकाको क्यालिफोर्निया राज्यमा निर्माण हुदै छ| अमेरिकाबाट चलचित्र निर्माण सम्बन्धित एकेडेमिक अध्यन सकेका सन्तोष न्यौपानेको निर्देशनमा चहल पहलको निर्माण रहने छ। सुटिङ् क्यालिफोर्नियाको लेक टाहोमा र अरु सुन्दर प्रकृतिक दृश्य भयका मनमोहक ठाउमा हुने छ। क्यालिफोर्नियामै अध्यनरत सागर र कुशुमको उक्त गीतमा अभिनय रहने छ| टिजर हेर्नको लागि यहाँ click गर्नुहोस |