गायक मोहमद वारिस खानको आवाज रहेको दोस्रो एल्बम “आगो र फुल”मा समाबेश दुई गीतका भिडियो सार्बजनिक भयका छन्| पहिलो गीत “कि त मेरो मुटुलाई” मा गजलकार शितल कादम्बिनीको शब्द, शिखर सन्तोषको संगीत,आमोस तामांगको संगीत संयोजन रहेको छ| निराजन अनि दिपशिखाको अभिनय रहेको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका छन् । गीतको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् | अर्को
https://youtu.be/dVo00YCGyzk?t=4
“आउनु है कान्छी” बोलको गीतमा संगीतकार सुरेश अधिकारीको शब्द अनि संगीत रहेको छ भने राजन इसानको संगीत संयोजन रहेको छ ।
म्युजिक संसार नेपालको प्रस्तुति रहेको यो भिडियो लाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने अनिल र दिपशिखाको यो भिडियोमा अभिनय रहेको छ ।