गायिका सुनिता प्रधान लिम्बु केहि समय देखि संगीतमा सक्रिय छिन्| गीत संगीत सिक्ने, गाउने र सांगीतिक गतिविधिमा सक्रिय सुनिताले केहि समय अगि गीतिसंग्रह “आरोही” सार्बजनिक गर्नुभयको थियो | गीत संगीतलाई निरंतरता दिने क्रममा उहाको नयाँ गीत “छुटाउन खोज्ने” हालै मात्र भिडियो सहित सार्बजनिक भयको छ| सार्बजनिक गीतमा दिनेश अधिकारीको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ । यसै गरि गीतमा किरण कंडेलको संगीत संयोजन रहेको छ। माया प्रेममा आइ पर्ने बाधा अडचनलाइ गीतमार्फत ब्यक्त गर्न खोजियको छ|
सान्ताना रेकर्डको प्रस्तुति रहेको भिडियोमा केकी अधिकारी र निराजन प्रधानको अभिनय रहेको छ । भिडियो लाई हरि हुमागईले खिचेका छन् भने निशान घिमिरको सम्पादन गरेका छन्| भिडियोलाइ अर्जुन अधिकारीले निर्देशन गरेका हुन्|
https://youtu.be/3_4WN_yC23w?t=3