देवदत्त भट्ट भन्छन् “खाली कागज पनि कसैको तस्वीर”

आफुले मन पराएको,माया गरेको मान्छे टाढा हुँदा कस्को मन नदुख्ला र ? हृदयले स्वीकारेको मान्छेको‌ अनुहार झलझली आईदिन्छ, यतिमात्रै होईन,खाली कागज पनि‌ मायालुको तस्वीर लाग्दो रैछ ……..। गीतकार देवदत्त भट्टको मर्मश्पर्शी गीति‌ रचनाको कुरा हुँदैछ यो, प्रेम वियोगको भावलाई‌ आधार बनाएर गीत अगाडी बढेको देखिन्छ । आखिर मायाको बदलामा धोका नै भैसकेपछि पहिलो भेटको पनि कुनै अर्थ रहेन भन्छन् यस गीतका गायक मनोजराज । यथार्थता को निकटमा पुगेर गाईएको यस गीतमा पूर्ण परियारको कारुणिक संगीत सृजना महशुस गर्न सकिन्छ, भिडियोले गीतलाई थप उजिल्याएको छ, भिडियोमा उपस्थित कलाकारहरु संजिब,खुशी,कुमार सबैको राम्रो अभिनय र ‍प्रस्तुतिले भिडियो हेर्नेहरुको‌ आँखामा आँशु रसाउँछ । झलक विवशको निर्देशन तथा सम्पादन रहेको यस भिडियोका दृश्यहरु श्याम जी ले प्रशंसायोग्य तरिकाले खिच्नुभएको हो । अम्बिका म्यूजिकद्वारा बजार ब्यवस्थापन गरिएको यस गीतको अडियो तथा भिडियो म्यूजिक नेपाल मार्फत यु ट्युबमा हेर्न सकिन्छ । समग्रमा गीतका सम्पूर्ण पक्ष उत्कृष्ट छन् , गीत रचनाको पक्ष झनै बलियो रहेको कारणले संगीत र गायन पक्ष पनि सोही अनुसार सबल लाग्दछन् । नेपाली सुगम संगीत क्षेत्रका लागि अर्को एउटा कर्णप्रिय सृजना बनेको यस गीतको चर्चा अनि‌ सफलताको लागि हाम्रो प‌नि शुभकामना ।