मायालु स्वभावका गायक हेमन्त शर्माका जेठा छोरा हिरक शर्माको पहिलो गित सार्बजनिक भयको छ। “आ एम सरि” बोलको उक्त गित पिता हेमन्त शर्मा कै शब्द र संगीतमा बनेको गित हो । लामो समय देखि संगीत साधक मात्र रहेका हिरक अब गायकको रुपमा चिनियाका छन्। यो गीतमा चर्चित संगीतकर्मी बिनय केटुको संगीत संयोजन रहेको छ। यो गीतले उनि आफ्नै पिताको बाटो हिडिरहेको अनि उस्तै उस्तै स्वादका गित दिन खोजेको संकेत गर्दछ। यद्यपि उनि आफैमा राम्रो संगीतकर्मी भयकाले धेरै राम्रा राम्रा संगीत सिर्जना अपेक्षा गर्न सकिन्छ।
बिगत केहि बर्ष देखि अध्यनका क्रममा अस्ट्रेलिया बस्दै आयका हिरक ले यो गीतको भिडियो पनि उतै बनायाका छन् जसमा आफु आफ़ो भाई “हार्दिक” र रुक्शा शर्मा को अभिनय रहेको छ। भिडियोलाई अस्ट्रेलिया निवाशी जीवन रसाइलीले निर्देशन गरेका हुन्। बधाई तथा शुभकामना छ शर्मा परिवारले यसरि नै नेपाली गित संगीतमा निरन्तर आफ्नो योगदान गर्दै जाओस अनि नया पुस्ताको पनि सांगीतिक यात्रा सफल रहोस।