राज कुमार श्रेष्ठको नयाँ गीत “यो मौसम पनि”

नेपाली गीत संगीतमा निरन्तर  रुपमा लागि  रहेका एक  कुशल गीतकार तथा संगीतकार हुन् राज कुमार श्रेष्ठ । यिनै श्रेष्ठ द्वारा रचित  “एउटा गाउँ थियो”,  ““निष्ठुरी भनु भने”  लगाएतका दर्जनौ गीतहरु  बजारमा  चर्चामा  रहेका छन् । 

गीत संगीतको रचना गर्ने अनि गीत संगीतमै आफुलाई समर्पित गर्न चाहने यिनै राज कुमारले पछिल्लो समय आएर आफ्नै शब्द संगीतमा रहेको नयाँ गीत “यो मौसम पनि” बोलको गीत सार्बजनिक भएको छ |

गीतमा गायिका सहिमा  श्रेष्ठको आवाज रहेको छ भने  चर्चित संगीतकार हरि  लम्सालको संगीत  संयोजन  रहेको छ । यो गीतको म्युजिक  भिडियो पनि सार्बजनिक भएको छ । भिडियोमा राज कुमारको आफ्नै अभिनय  रहेको छ भने उनलाई  सारिका  घिमिरेलेसाथ्   दिएकि छिन  भने भिडियोमा निशान  घिमिरेको  सम्पादन रहेको छ । यस्तै मिलन थापाको  कोरियोग्राफी  अनि निता  भारतीको  मेकअप रहेको छ । यस्तै  अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट  द्वारा बजार ब्यबस्थापन गरिएको  यो  भिडियोमा   रबिन्द्र बरालको  छायांकन  तथा प्रकाश  धितालको  निर्देशन रहेको छ ।