सामान्य बोलि चालीमा होस् या गायकी मा मिठासपूर्ण स्वर भयका गायक हेमन्त शर्माले २ महिनामा ३ ओटा गीतका भिडियो सहित श्रोता दर्शक माझ आयर ह्याट्रिक गरेका छन्। निरन्त्तर नेपाली गित संगीतमा लागि परेका गायक हेमन्त शर्माले केहि समय अगि डम डम डम बज्यो बोलको गित सार्बजनिक गरेका थिय जसमा आफनै शब्द , संगीत समेत रहेको थियो। भिडियोमा दुर्गेश थापा र प्रियंका कार्कीको जोडीलाइ पहिलो पटक पर्दामा उतारेका थिय गायक शर्माले निर्देशक बनेर।
यो गीतको चर्चा सेलाउन नपाउदै मायालु गित “तिमि मेरो जिन्दगी” गित सार्बजनिक गरेका थिय।दर्शक श्रोतका लागि केहि न केहि नया दिन खोजिरहने गायक हेमन्त शर्माले प्रणय दिवसको अवसरमा मायालाई गहिरो तरिकाले ब्याख्या गरेर उक्त गीतको रचना गरेका छन् भने भिडियोमा पनि गायिका तथा नायिका बिष्णु चेम्जोङ्ग र नायक धिरेन शाक्यलाई संगै अभिनय गरायकाछन्। प्रेमी प्रेमिकाले एक अर्कालाई समर्पित गर्ने खालको सदाबहार गित बनेको छ।
यी दुइ गित दर्शक श्रोतले सुनिरहेको बेला फेरी अर्को गित सार्बजनिक भयको छ गायक शर्माकै स्वरमा। बालापनका विभिन्न कुरा याद दिलाउने गित “कुशुम” लेख कार्कीले रचना गरेका हुन् भने बि बि अनुरागीले संगीत भर्ने अनि संयोजन गर्ने काम गरेका छन्। स्वर , शब्द अनि संगीतको उत्क्रिस्ट उदाहरण बनेको यो गीतमा नायिका प्रियंका कार्की र सुरज सिंह ठकुरीको अभिनय रहेको छ। इश्वर काफ्लेको अगुवाईमा बनेको यो गीतलाई बशन्त फिल्मले सार्बजनिक गरेको छ।
यसरि नै नेपाली गित संगीतमा नया नया खुराक दिई रहने र साथमा समाजमा सकारात्मक संदेश फैलाउने informal हेमन्त नामक youtube कार्यक्रम सुरु गरेका शर्मालाइ धेरै धेरै बधाई तथा सफलताको शुभकामना।