डिल्ली चन्दको शब्दमा “भुल भए माफ गर”

गितकार डिल्ली चन्दको शब्दमा रहेको नयाँ गित “भुल भए माफ गर” “अंशु” गिति एल्बमको आधुनिक गितको रेकर्ड कार्य सकिएर पनि यसको म्युजिक भिडियो बनेको छ । त्रिकोणात्मक प्रेम मा आधारित शब्दमा रहेको उक्त गित पछिल्लो समयमा अन्जु पन्तको जिवन सङ्ग मेल खाने भएको हुदा उक्त गित रेकर्डिङ गर्दा उनि भाबुक भएकी थिईन ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा, प्रस्तुतकर्ता मुना चन्द रहेकी छिन भने मिक्सिङ्ग/ मास्टरिङ्ग साजन शाह ले गरेका छ्न । अप्सन मिडिया एन्ड इन्टरटेन्मेन्ट द्वारा बजार ब्यबस्थापन गरिएको म्युजिक भिडियोमा निर्देशन प्रकाश धितालको निर्देशन, उत्सब दहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ । त्यसैगरी रबि सिंह / जुना सुन्दास र सुमि घिमिरेले अभिनय गरेका छ्न ।