गायक प्रबिण बज्राचार्य पेशाले एकदमै इमान्दार ज्ञानी मानिने प्राणी कुकुर सम्बन्धित ब्यबशायमा छन्। उनको संगीतमोह भने निकै गहिरो छ। चाहे जे होस् जस्तो गार्हो सार्हो परोस सांगीतिक यात्रा निरन्तर चालिरहेका छन्। यसरि सांगीतिक यात्रालाई निरन्तरता दिने क्रममा सान्नानी बोलको गित तयार परेका छन्। संगीतकर्मी रबि मल्लको शब्द अनि संगीतकार कल्याण सिंहको संगीत रहेको उक्त गीतमा प्रदिप जोशीको संगीत संयोजन रहेको छ।
नबिन के श्रेष्ठको निर्देशनमा निर्माण भयको भिडियोमा जेम्स , किपा र रोजिनाको अभिनय रहेको छ जसलाई निदेशक स्वयम्ले नै खिचेका छन्। टेकेन्द्र शाले सम्पादन गरेको उक्त भिडियो संगसनेपालको युत्युब च्यानल मार्फत सार्बजनीक गरियको छ।