कसरी भनुँ नजाउ भनि जानुछ तिमीले,
टाढिनै पर्यो रोएर अब भेट् होला कहिले !
हाम्रो भेट् होला कहिले !
लोकप्रिय गायक आनन्द कार्कीको स्वर, चर्चित गीतकार देवदत्त भट्टको रचना अनि सामवेदको संगीतको एउटा कर्णप्रिय गीत नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ । सुन्दा मिठो लाग्ने निर्देशक विजयराज भुर्तेलको निर्देशनको यस गीतलाई उत्कृष्ट म्यूजिक भिडियो मार्फत अझै सुनमा सुगन्धझैँ पारेका छन् मोडल कलाकार अनुराज नेपालीले । अन्य कलाकारहरुको साथमा आफ्नो कुशल अभिनय प्रस्तुत गरेर यस गीतलाई न्याय गर्न सफल उनै कलाकार मोडल अनुराज नेपालीको कलाकारीता पेशा हिजो आज ब्यवसायिक रुपले अगाडी बढिरहेको छ ।
https://youtu.be/edSbiYXSPFU?t=1

काभ्रेपलाञ्चोक जिल्ला कोशीपारी चौँरी देउरालीमा जन्मिएका अनुराज आफु कलाकार हुनकै लागि जन्मिएको हूँ भन्छन् र आज पनि संझिन्छन्- “सानैदेखीको अभिरुचीका कारण स्कूल पढ्दाका बेला बिभिन्न कार्यक्रमहरुमा सबैको सामु आफुभित्र रहेको कुनै न कुनै कला प्रस्तुत गरिरहन्थेँ, सबैबाट बधाई, शुभकामना, पुरस्कार समेत पाईरहन्थेँ, गाउँघरमा हुने साँस्कृतिक कार्यक्रमहरुमा समेत सधैँ अग्रपङ्तिमा रहन्थेँ।” हुने विरुवाको चिल्लो पात भन्ने भनाई अनुराजको जीवनमा पनि मेल खाएको छ । तर आजको यो अभिनय यात्रासम्म आउन निक्कै मेहनत गरेको बताउँछन् उनी । सुन्दै खतरनाक लाग्ने जोखिम किसिमका प्रस्तुतिहरु दिन सक्ने दूर्लभ खुबी अनुराज संग छ । बल्दै गरेको मैनबत्ति शरिरमा खन्याउने, ट्युबलाइट नाङ्गो शरिरमा हानेर टुक्रा टुक्रा पार्ने, बियरका बोतल टाउकोमा हान्दै फुटाउने आदि जो कसैले हत्तपत्त गर्न नसक्ने कृयाकलापहरु कुशलताका साथ प्रस्तुत गरेर आफ्नो उच्च अभिनय क्षमतालाई दर्शक माझ उजागर गरिरहेका छन्

उनका यस्तै कलालाई देखेर सिनेकर्मीहरु पनि अहिले सिनेमा खेल्नको लागि उनीसंग कुरा गरिरहेको बताउँछन् । दिनहुँ थुप्रै म्यूजिक भिडियोहरुमा अफर आउने गरेको र समयले भ्याएसम्म सबैसंग काम गरिरहेको छु भन्छन् अनुराज ।
मेरो माया भूईँको धूलो………..तिम्रो सिउँदो अर्कैले भरेको……..आदि लोक दोहोरी गीतका साथै शिव परियार को स्वरको “पहिले मन परायौ फेरी छाडिदियौ……बोलको आधुनिक गीत लगायत थुप्रै अन्य गीतमा अभिनय गरिसकेका अनुराज भविष्यको लक्ष्य नै कलाकारिता हो भन्छन् । कुराले भन्दा इमान्दारिता र मेहनतका साथ गरिने कामले नै यस क्षेत्रमा टिक्न र बिक्न सकिन्छ भन्ने मान्यता राख्ने अनुराज सिक्ने कुरा सिनियर या जुनियर जो संग पनि हुन सक्छ यस बिषयमा कुनै बहस गर्नै नपर्ने कुरा व्यक्त गर्छन् । उनको यस कलाकारिता प्रतिको दह्रो बिश्वास अनि खरो अभिनय यात्रा निरन्तर रुपमा अगाडी बढ्दै जाओस् हाम्रो पनि उनलाई धेरै धेरै शुभकामना ।