नयाँ लोक गीत “बदला बरिलै”

समाजमा बढ्दै गईरहेको बिभिन्न प्रकारका महिला हिंसाले सिंगो देशलाई रुवाईरहेको छ ।‌ साना साना बालिका देखि हजुर आमा समानका नारीहरु माथी‌ बलात्कारका घटना समाचार बनेर दिनहुँ जसो हाम्रा कानमा ठोक्किने गर्दछन्। नारीलाई अझैपनि कठपुतलीको रुपमा नचाउन नपाउँदा निर्दोष बहिनी चेलीहरुमा हुनेगरेको बलात्कारको बिषयलाई प्रकाश शपुतले ‘बदला बरिलै’ नामक गितिभिडियो मार्फत प्रस्तुत गरेका छन् । उक्त गितमा प्रकाशको आफ्नै शब्द तथा लय रहेको छ भने गायिका देवी घर्तीको स्वर रहेको छ। संगीत संयोजन, मिश्रण लगाएतका कम श्यामश्वेत रसाइली ले गर्नुभएको छ।

गीतलाई भिडियो मार्फत जिवन्त पर्ने कोशिश धेरै नै सफल देखिन्छ । भिडियोको परिकल्पना तथा निर्देशन प्रकाश आफैले गरेका छन् भने
केकी अधिकारी , धुर्ब कोइराला , अर्जुन आचार्य , हिउवाला गौतम , सन्ध्या गौतम बराल लगाएतका कलाकारले जिवन्त अभिनय गरेका छन्। अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीति भिडियोलाइ प्रविन भट्टले सम्पादन गरेका छन् भने मिलन बि कले भी एफ एक्स को काम गरेका छन।
समाजमा व्याप्त नारी हिंसा बिरुद्धको आवाजलाई उजागर गरेको यस गीत समाज सुधारको पक्षमा एउटा कोसे ढुंगा बन्न सकोस्, यस गीतमा रचिएका प्रत्येक अक्षरले, प्रत्येक शब्दले,प्रत्येक वाक्यले सम्पूर्ण व्यक्ति, समुदायमा सकारात्मक र न्यायिक उर्जा प्रदान गरोस् हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ ।