दाजु बहिनीको तीज गित “दाजु बहिनी”

तीजको गित गाउने गायकहरुमा सन्जिब कुमार पौडेलको नाम पनि थपिएको छ । सुनिता थापा र सन्देश दुङ्गानाको शब्दरचना तथा रेखा पौडेलको सङ्गीतमा तयार भएको “दाजु बहिनी” बोलको तीज गित नै गायकको पहिले तीज गित हुन पुगेको छ। कमल सौरागको सङ्गीत संयोजन रहेको यो गित भिडियो सहित सार्बजनिक भएको छ।

कोरोनाको महामारीले तीजमा पुर्याएको असरका बारेमा बनेको गीतलाई मनीष पन्थले न्यायोचित ढंगले भिडियो निर्माण गरेका छन्।  यश गीतका गायक सन्जीब कुमार र संगीतकार रेखा दाजु बहिनी हुन् र गीतको बोल पनि दाजु बहिनी नै हुन पुगेको छ, बधाई तथा शुभकामना छ सम्पुर्णलाई।