एउटा राम्रो गित बन्न राम्रो शब्द, मिठासपूर्ण संगीत र सुरिलो स्वरको त्रिबेणी हुनुपर्छ भनिन्छ तर राम्रा शब्दमा जीवन भर्नेसंगीत माथि प्रण भर्ने स्वर अनि त्यसलाई बुलन्द पार्ने भिडियो भयो भने कस्तो हुन्छ भन्ने उदाहरण बनेको छ नया गित “डर छैन “। केहि नहुनुमा पनि धेरै कुरा हुने गर्छ, त्यहि यथार्थ लाई आधार बनाएर नारायण गौतमले शब्द रचना गर्नु भयो अनि ति शब्दमा संगीत भरे र संगीत संयोजन पनि गरे संगीतकार हरि लम्सालले अनि स्वर भरे गायक शन्तोष लामाले अनि बन्यो गित “डर छै”।
गीतलाई भिडियोमा उत्रने कार्य गरेका छन् निर्देशक निकेश खड्काले। भिडियोका मुख्य पत्र कलाकार बिपिन कार्कीको जीवन्त अभिनयले गीतलाई अझ उत्कृस्ट बनायको छ। भिडियोलाई तयार पार्न छायांकनको काम गरेका छन् हरि हुमागाईले अनि सम्पादन गरेका छन् बिकाश धमलाले। भिडियोमा बिपिन कार्कीका अलावा लोकमणि सापकोटा अनि स्रवानी थापा को पनि अभिनय रहेको छ। यसरि यो एउटा सुमधुर गित र सुन्दर दृश्य सहितको सिर्जना बनेको छ जुन गित संगीतका पाराखिकालागी, प्यास मेटाउने श्रोत बनेको छ। बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई जसले एउटा सांगीतिक खुराक पस्केका छन्।