गायक बिनोद ढकालले ‘शास्त्र‘ व्याण्ड संग “कालापानी ” बोलको गीतकोको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । हाल चर्चाको विषय बनेको र भारतले अतिक्रमण गरेको कालापानी भूभाग को विषयमा समेटेर बनाइयको गीतमा बिनोदको आफ्नै शब्द , संगीत र स्वर रहेको छ । होमवर्क रेकर्डस नेपालको प्रस्तुतीमा निर्माण गीतलाई अन्य ब्याण्डका साथीहरु ड्रममा सुन्दर महर्जन, बेस गितारमा श्याम महर्जन र लिड गितारमा दिपेश सिंहले साथ दिएका छन । उक्त गीतमा प्रमोद परियारको संगीत संयोजन रहेको छ ।
बिनोदको आफ्नै निर्देशनमा तयार भयको म्युजिक भिडियोलाई आरोन अशोक कुमार तथा कुवेर तामाङ्गले छायांकन र लक्ष्मण सुनारले सम्पादन गरेका छन् । रक जनरामा बनेको गित, सुन्दा जुरुक जुरुक पार्ने खालको छ। बधाई तथा शुभकामना छ शास्त्र ब्याण्ड र बिनोद ढकाल को समुहलाई जसले एउटा राष्ट्र भाव जगाउने गित सिर्जना गरेका छन्।