कलाकारले आफ्नो परिचय आफै बनाउछन, आफुलाई आफ्नै कलाले चिनाउछन, कसैले card दियर चिनाउनु पर्दैन| कलाकार देशका गहना हुन, उनीहरु समाजका ऐना पनि हुन् | गहना आफैमा गहन छ, गहना त्यो हो जसले आकर्षक बनाउछ, अझ सुन्दरता थप्दछ| कला छेत्रमा लाग्दैमा सबैलाई कलाकार भन्न मिल्दैन, बैस र पैसाको भरमा screen मा देखिने जातिलाई कलाकार मान्न सकिदैन| तेसैले कलाकार आफैमा सम्मानित हुन्छन, बिशिस्ट हुन्छन, सबैले हेरेर मात्र होइन बोलि सुनेर पनि चिन्ने हुन्छन| तिमीले दिने card निर शाह, करिश्मा मानन्धर, राजेश हमाल, रेखा थापा, मदन कृष्ण, हरि बंश जस्ता कलाकारलाई के काम ? न उनीहरुले फोटो खिचेर फेसबुकमा हाल्छन न आफुसंग बोकेरै हिड्न पर्छ| कलाकारलाई सम्मानित भयर बच्न सक्ने बातावरण बनाउन जरुरि छ| कलाकारिता छेत्रलाई अझ बडी ब्यबसायिक बनाउन जरुरि छ| तेस्को लागि कलाकारको न्यूनतम पारिश्रमिक तोकिनु पर्छ| धेरै जति लिउन तर न्यूनतम तोकिनु पर्छ ताकि बर्षमा २/३ ओटा चलचित्रमा अबिनय गर्ने मुख्य कलाकारहरुले सार्बजनिक यातायातमा हिड्न नपरोस, बाइक, स्कुटी मा धुलो धुवा हुदै गुड्न नपरोस अनि अलि सफा सानदार रेस्टुरेन्टमा गयर खान पुगोस|बिदेशमा सबै ठाउमा न्यूनतम परिशामिकता तोकियाको हुन्छ, सरकारी कर्मचारीको तोकियाको छ तर कलाकार किन पिडित छन्? राम्रो कलाकारले अलि देमंद गर्यो भने अर्कोलाइ लिने चलन किन छ ? चलचित्र हलबाट उत्रिसक्दा पनि कलाकारले किन आफ्नो परिशर्मिक नपायको गुनासो गर्नु परिरहेको छ ? यसलाई नियन्त्रण कस्ले गर्ने? ४० लाखको लगानीमा बनेका चलचित्र करोडौको ब्यापार गर्यो भन्दै हल्ला गर्छन, कलाकारले कति पाय भन्दा सबै चुप हुन्छन| यो बेथिति रोकिनु पर्छ| मोटो रकम दियर कलाकार अनुबन्दित गर्नु पर्ने भयपछि हिजोका रिचा आजका अर्चना संग दरौना पर्दैन| म नान्गीन्छु भन्दै हिड्नेको भन्दा म character मा भिज्छु भन्नेलाई निर्देशक निर्माताले प्राथमिकता दिने छन् |
यति हुन सकेन भने तिमीले दिने card भन्दा प्यारो विदेशीले दिने Green Card प्यारो हुनेछ| तिम्रो card भन्दा credit card नै उत्तम ठानिने छ |