आफ्नो नजिकको शत्रु अनि मित्र को हो त ?

मायाsanup मानबिय स्वभाब नै हो | माया पिरतीले संसार छोयको छ| तेसैले अधिकांस गित यसकै ओरि परि रहेर बन्ने गर्छन तर एदा कदी अलिक फरक गित बन्छन जसको नमुना यसलाई मान्न सकिन्छ| गायक सनुप पौडेलको स्वरमा आयको यो गीतको सिर्शक रहेको छ पर्तिस्पर्धा.. a struggle within | मानबिय भोगाइलाई बिशिस्ट तरिकाले लेख्न्ने प्रयास गरेका छन् मनिष बासिस्थले | कल्याण सिंहको संगीत रहेको उक्त गीतमा धेरै गहन कुरा हरु छन् जसलाई मनन गर्न सके जीवनलाई सफल पर्न सकिन्छ| पहिलो पटक सुन्दा केहि नलाग्न सक्छ तर जति पटक सुन्यो तेती मन छुने मन पर्ने खालको छ यो गित | गीतले भन्छ कति पटक आफ्नो कुरा म आफै सुन्दिन, आफुमा परिवर्तन ल्याउन कहिले सक्दिन तर अरुलाई अर्थि दिन कहिले थाकदिन, नजिकको साथि पनि मै नजिकको शत्रु पनि मै … आफ्नो लागि आफैले कहिले काम गर्ने ? यस्तै घतलाग्दा सब्दहरुको संयोजन यस गीतमा पाउन सकिन्छ| यो एउटा सुन्नको लागि मात्र नभयर आफ्नो जीवनमा अनुसरण गर्ने खालको गित बनेको छ जुन कहिले पुरानो हुदैन जहिले सुने पनि आफ्नै जीवन संग मेल खायको अनुभूति दिलाउछ|

अनुश्रुति अधिकारीको निर्देशनमा बनेको भिडियोमा चिर्चित गीतकार मानस राजको प्रसंसनिय अभिनय रहेको छ | एउटा स्तरिय सब्द, संगीत, स्वरको समायोजन अनि सुहाउदो भिडियो रहेको यो गीतले बिस्तारै बिस्तारै धेरैको मनमा डेरा जमाउने कुरामा दुइ मत नहोला| शुभकामना छ टिम पर्तिस्पर्धालाइ|