संगीत, गायन अनि निर्त्य एकआपसमा गहिरो सम्बन्ध राख्दछन| बजाउनेलाई गाउन मनलाग्नु, गाउनेलाई नाच्न मन लाग्नु स्वाभाविक कुरा हो तर गायिका बिश्वो सुन्दरी अलि अचम्मको कुरा हुन सक्छ| गोपी दाहालको सब्द रचना अनि चिर परिचित संगीतकार, रचनाकार तथा गायक राजन राज सिवाकोटीको संगीत अनि चर्चित गायिका मिलन अमात्यको स्वरमा बनेको गित बिश्वो सुन्दरीमा मिलनले स्वर मात्र भरिनन अभिनय पनि गरिन| यसरि बिश्वो सुन्दरी गीतमा बिश्वो सुन्दरीको भूमिका गायिका मिलन अमात्यले आकर्षक रुपमा निर्त्य गरेर निभायकिछिन तेस्मा कोरियोग्राफी गरेर साथ् दियका गम्भीर बिस्टले|
उक्त गीतमा सरल शब्द अनि केहि आकर्षण थपेर गरियको संगीत अनुसारको स्वर रहेको छ | संगीत संयोजन अनि बाक्लो भैदिय हुन्थ्यो जस्तो लाग्नसक्छ| लोक पप धारको गित संगीत मन पराउने श्रोताको लागि यो पक्कै पनि नया खुराक बन्ने छ|
बिशाल भण्डारीको निर्देशनमा बनेको भिडियोलाई हरि हुमागाईले खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन्|