मायालाई तराजुमा जोखे गीतकार आनन्द अधिकारीले भिडियो हेर्नुस

माया प्रेम एब्स्ट्रयाक हुन् जसलाई देख्न, छुन तथा तौलन सकिदैन तेसैले आफ्नो मान्छेले कति माया गर्छौ भनेर सोध्धा ठ्याक्कै quantified उत्तर दिन सकिदैन| यस्तो मायालाइ तराजुमा तौलिने प्रयास गरेका छन् गीतकार आनन्द अधिकारीले, दुनियाको माया एकातर्फ गित मार्फत जसलाई संगीतबद्ध गरेका छन् संगीतकार आनन्द राईले भने गायक छन् बिस्व नेपालीले|

गीतकार आनन्द अधिकारी एक अध्यनशील तथा अध्यात्मिक व्यक्तित्व हुनुहुन्छ| उहाको लेखाई केहि फरक हुन्छ| कुनै पनि कुरालाई उहाले क्रमबद्ध तरिकाले तर्कपूर्ण पारेर प्रस्ट्याउनुहुञ्छ चाहे त्यो माया होस् या मुटु या फेरी सुन्दरता| उहाका गीतमा गहिरिदै जादा नया दर्शन पाउन सकिन्छ| यसरि उहाले आफुलाई मन परेको मान्छेको माया कति लाग्दो रहिछ भन्ने कुरा प्रस्ट्याउन तराजुमा एका तिर दुनियाको माया अनि अर्को तिर आफ्नो मान्छेले दिने माया राखेर तौलिनु भयको छ  , जुन तारा को उज्यालो एकातिर अनि मायाको ज्योति अर्कातिर राखेर हेर्नु भयको छ , दुनिया झुटो छ नासिने बाच्ने त तिम्रै माया छ भनेर थप्नु भयको छ  यसरि मायालाई देउताको शक्ति संग पनि तौलिनु भयको छ , गीतकार आनन्द अधिकारीले जहाँ देउताको शक्ति भन्दा मायाको शक्तिनै ठुलो भन्नु  भयको छ |
यो गीतको भिडियो पनि बनेको छ| जीवन रसाइलीको निर्देशनमा बनेको भिडियोमा भानु बराल, अनुस्का के सी र बालकलाकार सुभांगी बरालले सक्दो राम्रो अभिनय गर्ने कोसिश गरेका छन् एध्यापी गीतको भाब अनुसार भिडियो कम्जोर लाग्न सक्छ| संगीत अनुसारको गायकी छ तर गीतको सबै भन्दा राम्रो पक्ष्य भनेको सब्द नै हो भन्दा अतिउक्ति नहोला| बधाई तथा शुभकामना दुनियाको मायाको टिमलाई|

https://youtu.be/Ep2wI8merog?t=1