नेपाली सांगीतिक फाँटमा सबै भन्दा धेरै उपनाम पाउने गायक राजेश पायल राईलाइ कहिले राई इज किङ्ग त कहिले मेगा स्टार, कहिले नायक त कहिले स्टाइलिश सिङ्गर भनिन्छ | संसारमा नेपालीहरु भएका प्राय सबै ठाउँ र देशमा आफ्नो जोडदार सांगीतिक प्रस्तुति दियिसकेका यी गायक जहाँ जान्छन तहल्कै मच्चाउछन| उनले गर्ने प्राय कामहरुले पनि नया नया रेकर्ड बनाउछन चाहे त्यो अन्य भाषामा गित गाउदा होस् या एकै दिनमा सबै भन्दा धेरै गित रेकोर्ड गर्ने होस् या एकै दिनमा धेरै प्रकारका एल्बम सार्बजनिक गर्ने कुरा होस् उनि प्राय सबैकुरामा अग्रडी देखिन्छन|
सानै उमेरमा voice test पास गरेर गायनमा लागेका राजेश पायल राईको लोभलाग्दो सांगीतिक जीवन छ| हुन त तेस्मा पनि आफ्नै पिडा लुकेका होलान तर दर्शक , श्रोताको मनोरंजका खातिर कहिले कहाँ कहिले कहाँ उनि हिडी रहन्छन, उडीरहन्छन अनि गायी रहन्छन| चाहे त्यो 
एल्बमको गित होस् या चलचित्रको, चाहे त्यो लोक भाका होस् या आधुनिक या रक पप उनि सबै प्रकारका गीतलाई न्याय गरेर गाउछन|
प्राय बिदेशका कार्यक्रममा मान्छेको उपस्थिति कम हुने कति कलाकार त आय गय को अत्तो पत्तो नहुने हुन्छ, कति कलाकार आफ्ना साथी भाई जमघट गरे
र भब्य कार्यक्रम भयो भनेर फेसबुकमा राख्ने गर्छन तर राजेश पायल राईको भने शाननै बेग्लै छ उनि जहाँ जान्छन हल्ली खल्ली मच्चाउछन| अहिले अमेरिकाको सांगीतिक यात्रामा रहेका राजेशले पहिलो भब्य शो टेक्सासमा गरे जसको चर्चा यत्र तेत्र भयो| उनीसंग उक्त कार्यक्रममा महानायक राजेश हमाल, नायिका केकी अधिकारी अनि प्रस्तोता सन्दीप छेत्री पनि रहेका थिय| तेस्पछि भर्जिनियाको कार्यक्रममा त ६ घण्टा लामो बाटो तय गरेर ४ बर्सिय बालिका प्रिसिला आयिन अनि स्टेजमै उनलाई गायरसाथ् दियिन| पछि मेरिल्यान्डको कार्यक्रम पनि तेस्तै सफल भयो अनि नर्थ क्यारोलिना हुदै उनका कार्यक्रमहरु सफल हुदै छन्| शुभकामना छ राजेस पायल राईलाई यसरीनै सधै अरुलाई मनोरन्जन दिलाउदै जाउन अनि आफ्नो जीवन पनि आफुले सोचे जस्तै बिताउन पाउन|
