सुर्य राईले ल्याय ‘च्याट’

13101309_828347010642414_1642400270_nदुई दशक देखि साङ्गीतिक यात्रा समर्पि गायक सूर्य राईले राजधानीको संवाद डबलीमा आयोजना भएको एक कार्यक्रमकाबीच दोस्रो एल्बम ‘च्याट’ को विमोचन गरेकाछन । वरिष्ठ कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यता साथमा संगीतकर्मी तथा सञ्चारकर्मीशरुको उल्लेख्य उपस्थिितिमा सो एल्बम विमोचन गरिएको हो ।

एल्बम च्याटमा ६ ओटा गित रहेका छन् । दर्शकहरुको अत्याधिक मन जित्न सफल ‘च्यटिङ्गमा आउ राति’ बोलको गितको भिडियो विमोचन कार्यक्रममा देखाइएको थियो । उक्त गितमा शब्द प्रशान राई, रोनु अधिकारीको रहेको छ भने संगित तथा एरेन्ज राम कार्कीको छ । उक्त भिडियोलाई चर्चित13101279_828347043975744_223840190_n निर्देशक रोशन श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्र परिवर्तन र ब्ल्याक क्याटमा आफ्नो स्वर दिई सकेका गायक राईको ‘च्यटिङ्गमा आउ राति’ गीत सुनिल कटुवालको चलचित्र ‘नकाब’ मा समाबेश गरिने निर्देशक रोशन श्रेष्ठले बताए । उक्त चलचित्रमा चर्चित कलाकारहरु सविन श्रेष्ठ, निता ढुङ्गाना, सुनिल कटुवाल, एन्नि कुंवर लगायतले अभिनय गरेका छन् ।एल्बम च्याटलाइ म्युजिक हाईलाइटले बजारमा ल्याएको हो । गीतको सफलताको लागि शुभकामना ।