किलागल चोक नजिकै बरपर ढलान हालिएका पक्कि घरहरुको लावालस्कर छ। बिचमा सानो गल्लीसंगै जोडिएको एउटा पुरानो शैलीको लामो घर झट्ट हेर्दा कुनै दरवारको केहि अंश जस्तै देखिने घर बैसाख १२को भूईचालोको धक्काले थबथिलो अबस्थामा लडुकि ठडिरहु भन्ने दोसाधमा उभिरहेको छ।पुराना इँटा र सुन्दर आखीझ्यालबाट बनेको उक्त घरनै हो स्वरसम्राट नारायण गोपालले पहिलो पटक धर्तिमा पाईला टेकेको भूमि। बिक्रम संम्वत १९९६ असोज १८ गते पिता आशागोपाल गुरु वाचार्य र माता रमादेवी गुरुवाचार्यको माईलो सन्तानको रुपमा जन्मिएका नारायण गोपालको बाल्यकाल किलागलकौ पुख्यौली घरमा वितेको थियो।सानै देखि चन्चले स्वभावका रहेका नारायण गोपालमा आफ्नै पिता उस्ताद आशागोपाल गुरु वाचार्यको संगितीक प्रभाव परेसंगै उसैघरको मकानमा बसेर गीत गाउने गरेका थिए। ५ दाजुभाई र ३ दिदीबहिनी रहेका नारायण गोपालले किलागलबाटनै सांगीतिक यात्राको सुरुवात गरेका थिए। किलागलका गल्ली गल्ली हिन्दी गीतहरुलाई ठट्यौली ढंगबाट गाउदै हिड्ने गरेको उनका सहपाठी नुररत्न बज्राचार्य बताउछन्।रमाईलाको लागीमात्र गीत गाउने नारायण गोपालको आवाजलाई गायक मणिकरत्न स्थापितले पहिचान गरेका थिए। किलागलको नजिकै प्युखामा बस्ने मणिकरत्न र भेडासिं बस्ने प्रेमध्वज प्रधानलेनै नारायण गोपालको स्वर चिनाउन मद्दत गरेको नुररत्नको बुझाई छ।उस्ताद पिता आशागोपालले शास्त्रियबाहेका अरु गीत गाउनमा घरमा बन्देज गरेसंगै नारायण गोपाल आफ्नो कोठमा लुकेर आधुनिक गीत गाउने गरेको उनको सहपाठि अष्टमान शाक्य बताउछन्। यिनै नारायण गोपालको संगितीक यात्रालाई सुरुवात गराउने कोठाहरु यतिबेला संरक्षणको अभावमा रंगहिन छ। दाजुभाई बिचमा अंशवण्डा भएसंगै भाईहरु मनोहर गोपाल र लक्ष्मण गोपालको भागमा परेको उक्त घर यतिबेला खण्डहर बनेको छ। एक छेउ भुईचालोले लडाएसंगै टेकोको भरमा टिकेको उक्त घरको संरक्षणको लागि जोडतोडले आवाज उठिरहेको छ। एउटा जिउदो इतिहास बोक्ने उक्त घर यतिबेला मृत्युको तरखरमा छ। छेउकै खण्ड बेचिएर नायाँ आधुनिक घर बन्ने तरखर हुदै गर्दा बचेका बाकि केहि खण्डपनि बर्खालागेसंगै लड्ने पक्का छ। केहि सुनका गहना बनाउने कालिगणहरु बहालमा बस्ने उक्त घर नारायण गोपाल महारजँगन्ज सरेसंगै भाई मनोहर गोपाल गुरुवाचार्यको रेखदेखमा रहेको थियो। भूईचालोले जीर्ण बनाएको उक्त घरले वरपरको घर र बाटोलाई समेत अप्ठ्यारो परेको भन्दै भत्काउनको लागी दवाव आईरहेको मनोहर गोपाल बताउछन्। यता इतिहास बोकेको उक्त घरलाई संरक्षण गनुपर्ने एक समुदायको माग छ। ‘सबैजना संरक्षण गर्नुपर्छ भन्छन् तर यो सम्पदा त सरकारले संरक्षण गर्नुपर्ने हो तर सरकार भने यसलाई भत्काएर नयाँ बनाउन पनि दिदैन अनि आफै संरक्षण गर्न पनि लागि पर्दैन’ मनोहर बताउछन्।सरकारले हामिसंग किनको खण्डमा सम्पदाको रुपमा बिकास गर्न दिने बताउने मनोहरले यस तर्फ भने कसैले चासो नराखेको गुनासो गरे।घरको संरक्षण गर्दै बिगत १८ बर्षदेखि उक्त घरमा बस्दै आएका भारतिय नागरिक मल्लिक पनि घरलाई भत्काउन नहुने बरु बेलैमा मर्मत गनुपर्ने आवश्यकता रहेको बताउछन्। सरकारी निकाय तर्फ पुरातात्विक बिभागले चासो देखाएपनि त्यसतर्फ केहि कदम नचालेको स्थानियहरु बताए।
‘बाहिरै बाट देखिने कोठाहरुनै हुन जहा नारायण गोपाल र्हामोनियम र तवलामा साधना गर्थे। यस्तो पवित्र मूमिलाई माटोमा मिलाउन हुदैन’ स्थानिय लक्ष्मिनारायण महर्जन बताउछन्। मितज्यू गोपाल योञ्जनसंग मिलेर साधना गरेको उक्त घर सरकारले एउटा संग्रलयको रुपमा बिकास गरेर लगेको खण्डमा मात्र नारायण गोपाल प्रतिको सम्मान हुने स्थानियहरुको बुझाई छ। बेलैमा उक्त घरको ममर्त नभएको खण्डमा माटोमा बिलिन हुने पक्का छ।