माफी चाहन्छु english title नेपाली लेख भयकोमा, खासमा piracy को नेपाली नामकरण तेती सुनिदैन तेसैले चलन चल्तीको भाषा प्रयोग गरे| स्कुल पढदा हलमा टिकट हेर्ने दाइलाई भनेर भित्र गैन्थ्यो अनि बस्ने सिट नहुदा सिडीमै बसेर हेरिन्थ्यो सायद त्यो पनि piracy थियो होला पैसा नतिरी हेरेको| तेही समयमै ठाउँ ठाउमा ठुलो टि भी मा मान्छे संग पैसा उठायर फिल्म देखाउथे ठाउँ ठाउँमा सायद त्यो पनि अर्को piracy होला| पछि क्याम्पस पढ्ने बेलामा नेपाली गित खुबै सुन्न मन लाग्थ्यो अनि बजारमा सी डी त थियन क्यासेट किन्न जादा पसले संग एउटा मात्र हुन्थ्यो अनि भन्थ्यो “क्यासेट त मा संग एउटा मात्र छ किन्ने नै भए हप्ता दस दिन कुर्नु पर्छ हैन गित नै सुन्ने त हो नि भने मा डबिंग गर्दिन्छु एउटा गीतको ३ रुपियामा” अनि आफुलाई सुन्न मन लागि सक्यो न त एफ एम मा बज्छ न त यु ट्युब मै सुन्न पाइन्थ्यो तेसैले विकल्प भनेको डबिंग अर्थात् piracy |
यसरि Piracy बजारमा हुदै गयो खासमा गित संगीतको कुरा गर्दा धेरै piracy को कारण म्युजिक कम्पनीले क्यासेट सी डी प्रसस्त बजारमा पठाउन डरायर हो| किन्न चाहनेले पनि किन्न पयानन बजारमा| धेरै कलाकारले मै संग गुनासो गर्नु भयो कम्प्पनिलाई जिम्मा लगायको म्वेरो साथी, नातेदार मेरो सी डी किन्न कति ठाउँ जानु भयो कतै छैन| जब माग अनुसारको बतरण हुन सक्दैन अनि कालाबजारी piracy हुन थाल्छ| जुन कुरा सहज उपलब्ध हुन्छ मान्छेले तेही लिन्छ|
Piracy ले कलाकारलाई घाटामा पारेन ती क्यासेट सी डी बजारमा माग अनुसार पठाउना नसक्ने कम्पनीलाई पर्यो अनि कति त बन्धपनि भय| कलाकारलाई फाइदा हुन थाल्यो जसको गित piracy हुन्छ उसैको गित हित हुन्छ| सुन्न मा त यस्तो पनि आयो कति कलाकारले त आफैले मेरो गित piracy गर्देउ मोबाइल, पेन ड्राइभ ल्याउनेकोमा मेरो गित हालेर पठाइदेउ भन्न थाले | piracy नहुदा एउटा एल्बमबाट धेरैमा एक लाख कमाउने कलाकारले अहिले एक सिजनमा १० -१५ लाख कमाउने भय| उनीहरुको माग बढेर गयो उनीहरुलाई देश विदेश पनि पधेरो बन्यो सायद तेस्को श्रेय केहि मात्रामा piracy लाइ नै जान्छ| piracy संसार भर हुन्छ| अहिले त कसको गित बडीpiracy भयो भनेर चर्चा हुन्छ केहि महिना अगाडी मात्र एक अंग्रेजी गायकको गित रिलिज गरेकै दिन ५० लाख piracy भयो भनेर चर्चा भयो अनि त्यो गित तेही कारणले गर्दा मान्छेले खोजि खोजि सुने दोहोराई दोहोराई सुने अनि फेरी सुपर हिट बनाय| कलाकारले मेरो गित सेयर गर्दिनु भन्छन अर्थात् फ्री मै सुन्दिनु अनि अरुलाई सुनाइदिनु भन्छन के यो चाही piracy होइन र ?
piracy बास्तबमा समस्या कलाकारलाई भन्दा मार्केटिंग, डिस्त्रिब्युसन तथा उत्पादन गर्ने कम्पनीलाई केहि मात्रामा असर पार्छ| सबै त नभनम तर धेरै जसो piracy गर्ने हरु लक्षित दर्सक श्रोता होइनन उनीहरु सके सम्म फ्री मै हेर्छन या सुन्छन| लक्षित दर्शक श्रोता त पटक पटक हलमै आयर हेर्छन सुन्छन , एक पटक होइन पटक सुन्छन अनि हेर्छन बास्तबमा उनीहरुको लागीहो काम गर्ने अनि गराउने| piracy ले बजार ठप्प हुने भय नेपालमा हिन्दि फिल्म किन चल्थे होला र? फिल्म रिलिज संगै बजार भरि छ्याप छ्याप्प्ति डी भी डी पाइन्छ, दर्शक किन हाउस फुल हुने गरि हलमा पुग्थे र ?
यसरि piracy लाइ अनि बजार दर्शक अनि श्रोतालाई दोष दिनु भन्दा आफ्नो उत्पादन (product ) लाइ राम्रो बनाउदै जाने हो भने अहिले बिदेशका हलमा ११ जना दर्शक हुदा साहरुखको फिल्म चल्ने ठाउमा भोलि नेपालि चल्न सक्छन| piracy ले बजार बढाउने काम अवस्य गर्छ अहिलेको नया पुस्ताले piracy गरेरै किन नहोस नेपाली फिल्मको चर्चा गर्न थालेको छ अनि हेर्न पनि थालेको छ त्यो पनि नेपाली धरातलमै बसेर राम्रा फिल्म बन्न थाले भने तिनीहरु हालसम्म अवस्य तानिनेछन, सबै नहोला तर केहि मात्रामा अवस्य हुने छ |