पछिल्लो समयमा सांगीतिक, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु देश बिदेशमा बाक्लै हुन थालेका छन् जसले गर्दा केहि कलाकारलाई भ्याई नभ्याई भयको देखिन्छ| देशका सांस्कृतिक तथा औधोगिक मेलामा कलाकारको धेरै माग हुन्छ तर अहिले बिदेशमा पनि विभिन्न अवसर पारेर माग बढेको दे
खिन्छ|
यु के
यसरि सबै भन्दा बडी कार्यक्रम हुने देशमा यु के पहिलो स्थानमा आउछ| केहि समय अगाडी आनन्द कार्की , सिखर सन्तोष लगायका कलाकारले धेरै शो गरे पश्चात राजेश पायल राई गय तेस पछि फेरी शिब परियार, हेमन्त शर्मा अनि प्रियंका कार्कीको टोलिले पनि धेरै कार्यक्रम गर्यो यु के का विभिन्न सहरमा कतै एकल त कतै संगै अनि उहाहरु नफ़र्किदै धिरज राई तथा कुन्ती मोक्तानको टोलि पनि विभिन्न कार्यक्रममा ब्यस्त छ | अहिले भर्खरै प्रमोद खरेल, शिब हरि पौडेल लगायतको समूह पनि यु के मै ब्यस्त छ | यु के मै लोक गायक रामजी खांड तथा देविका के सी पनि विभिन्न ठा
उमा सांगीतिक कार्यक्रम गरेका छन्|
जापान 
अर्को धेरै सांगीतिक कार्यक्रम हुने देशमा जापान पनि पर्दछ| अहिले पछिल्लो पल्ट तेहा अहिले सुगम पोख्रेल, सहिम श्रेष्ठ , नबिन पौडेल लगायतको टोलिले विभिन्न ठाउमा कार्यक्रम गर्दै छ भने अर्को टोलि जसमा हिमाल सागर , मिलन अमात्य , राम कृष्ण ढकाल तथा जितु नेपाल छन्| उक्त टोलि पनि साकुरा नाइट भनेर जापान गयको छ | आस्था राउत को अर्को टोलि पनि जापान पुगेको छ |
युरोप
युरोपका विभिन्न देशमा पनि सांगीतिक कार्यक्रम बढेको छ जस्तै स्विजरल्याण्ड जहाँ अन्जु पन्थले कार्यक्रम गरिन भने हिमाल सगर तथा राम कृष्ण ढकालले पनि सांगीतिक कार्यक्रम गरेका थिय| पोर्तुगलमा अन्जु पन्थको नै संगितक कार्यक्रम भयको थियो| डेनमार्क , जर्मनी , फिनल्याण्ड, साइप्रस लगायतका देशहरुमा आजकल सांगीतिक तथा सांस्कृतिक कार्यक्रम बढेका छन्| मह जोडी साथमा मंदाबी त्रिपाठी पनि युरोपका विभिन्न देशको एक महिने कार्यक्रममा व्यस्त छन्| रोज मोक्तान पनि केहि समय अगाडी साइप्रसबाट फर्केका छन्|
अस्ट्रेलिया 
बादल प्रसाईं तथा प्राश्ना शाक्य फर्के पछि, केहि हप्ता अगाडी मात्र यम बराल, सनुप पौडेल, आकान्श्या बश्याल लगायतको टोलीले केहि सहरमा आफ्नो सांगीतिक प्रस्तुति दियर नफ़र्किदै कर्ण दास तेही पुगेका छन् उनि फेरी यु के पनि जाने भयक छन्| भर्खरै मिलन लामा , ज्योति मगर , सन्तोष लामा , राजा राजेन्द्र पोख्रेल र कालि प्रसाद बास्कोटाको टोलि तेही पुगेका छन्| यम बुद्ध तथा अनिल सिंह पनि केहि समय अगि मात्र अस्ट्रेलियामै हुनुहुन्थ्यो | कबवेब तथा रोहित जोहन छेत्री पनि जाने तयारीमा छन्|
अमेरिका 
सत्य स्वरूप, राम कृष्ण ढकाल, आस्था राउत लगायतका कलाकार फर्की सके पछि फेरी निमा रुम्बा आउने जाने गरिरहेका छन् उनि कहिले अमेरिका त कहिले जापान पुगेका छन्| अहिले राजेश पायल राई , राजेश हमाल, केकी अधिकारी साथमा सन्दिप छेत्री पनि अमेरिकाका विभन्न सहरमा कार्यक्रम गर्दै छन् | अल्बाट्रस ब्याण्ड पनि आफ्नो गरि खान देउ २ सांगीतिक यात्रा गरेको छ अमेरिकाको विभिन्न सहरमा अनि पायको छ राम्रो प्रसंसा|
क्यानाडा 
नया बर्षको कार्यक्रम सकिय पछि एड्रियन प्रधान क्यानाडाका विभिन्न सहरमा कार्यक्रम गरेर हंगकंग लागेका छन्|
अन्य देशहरु
इन्दिरा जोशी, राधिका हमाल तथा सुनिता दुलाल बहराइनका क्रयक्रम मा देखा परे भने दुबई, यु ए इ तथा दोहा कतारका कार्यक्रममा बादल प्रसाईं, कमल खत्री, राम कृष्ण ढकाल, रिमा गुरुङ होंडा, सिमा संग्रौला, उदेश श्रेष्ठ लगायतका कलाकार व्यस्त रहनेछन|
यो पछिल्लो केहि महिनाको मेरो नजर पुगेको मात्र खाका हो यो बाहेक अरु धेरै ठाउमा धेरै कार्यक्रम भयका हुन सक्छन तेस्को आधार मान्ने हो भने कला क्षेत्र अहिले धेरै मौलायको छ| यसरि मौलाउदै जाओस कलाकारका उज्याला दिन आइरहुन शुभकामना |