मलाईका र सोनाक्षीले काठमाडौं तताउने

 

sonakshiबैसाख १२को महाभूकम्पबाट क्षती पुगेकाहरुको सहयोगार्थ सैनिक श्रीमती संघले राजधानीमा बलिउड कलाकारहरुलाई उर्ताने भएको छ। बिहिवार सोल्टी होटलमा एक कार्यक्रम गर्दै जेठ १ गते टुडिँखेलमा आयोजना हुने कार्यक्रममा बलिउड नायिका द्धय सोनाक्षी सिन्हा र मलाईका अरोरा खानले अफ्ना प्रस्तुती दिने पक्का भएको जानकारी गराईएको हो। अमर पंछी नाम दिईएको कार्यक्रममा बलिउड नायिकाको साथमा नेपाली नायिकाहरुले समेत आफ्ना प्रस्तुती दिन भएका छन्। कार्यक्रममा नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले आफ्ना प्रस्तुती दिने भएका हुन्। कार्यक्रममा गायिका जोशीले सुरुको आधा घण्टा राष्ट्रभक्तिले भरिएका गीतहरु प्रस्तुत गर्ने छिन्। यता नायिका निशा अधिकारीले आफ्ना फिल्मका ४ वटा गीतहरुमा नृत्य प्रस्तुत गर्ने छिन् भने रेखा थापाले महिला श सक्तिकरणको बिषयमा तयार पारिएको छोटो नाटक र आफ्ना फिल्मका गीतहरुमा नृत्य प्रस्तुत गर्ने छिन्। नायिकाहरु ऋचा सर्मा र केकि अधिकारीले पनि आफ्ना नृत्यहरु प्रस्तुत गर्ने कार्यक्रममा रेनेशा राईको कोरियोग्राफीमा प्रियंका कार्कीले  बलिउड कालाकारहरुसंगै नृत्य मार्फत स्टेज तताउने भएकी छिन्। सुष्मा कार्कीको आईटम डान्स रहने कार्यक्रमलाई मोडल एवम् प्रस्तोता साहना बज्राचार्यले उद्घोषण गर्ने भएकी छिन्।

६० हजार दर्शकको अपेक्षा गरेको आयोजक पक्षले कार्यक्रमबाट उठेको सम्पूर्ण रकम भूइचालो बाट क्षति भएका जिल्लाहरुमा पुर्ननिमार्णमा खर्च गर्ने जानकारी गराएको छ।यस अघि पनि बलिउड गायक मोहित चौहानलाई नेपाल भित्र्ईसकेको सौनिक श्रीमति संघले सोनाक्षी र मलाईकाको पनि नेपालमा ठुलोसंख्यामा फ्यानहरु रहेको भन्दै कार्यक्रम सफल हुनेमा ढुक्क रहेको दावी गरेको छ। ५ सय देखी १० हजार सम्मको टिकट दर तोकिएको कार्यक्रममा बलिउड नायिकाहरुले लगातार साढे दुई घण्टा आफ्ना  प्रस्तुति दिने छन्।