गहिरो अर्थ बोकेको “धारिलो रैछ माया” राम कृष्ण ढकालको नया गित

ram krishnaआनन्द अधिकारीद्वारा रचित गितमा जति सुन्यो उति गहिरो भाव भेटिन्छ| चाहे त्यो “ओराली लागेको” मा होस् या “मलाई पुगेन यो बैसले” सबै गित अर्थपूर्ण छन्| रचनाकार आनन्द अधिकारीले फेरी अर्को अर्थपूर्ण गीतको रचना गर्नु भयको छ “धारिलो रैछ माया” | उक्त गित समाबेस गरिने छ राम कृष्ण ढकालको आगामी एल्बम आवरणमा| आवरण एल्बम बिन्ध्यवासिनी म्युजिक मार्फत बजार ब्यबस्थापन हुनेछ| संगीतकार शिखर सन्तोष, गायक राम कृष्ण ढकाल र रचनाकार आनन्द अधिकारीको सहकार्य धेरै सफल हुदै आयको छ| “पहाडको छुक छुके रेल” अनि “बाचुनजेलिलाई” यसका उदाहरण हुन्|

हामीले जिज्ञाशा राखेउ रचनाकारसंग यो गीतको श्रीजना कसरि भयो र यो गीतले के अर्थ राख्छ भनेर अनि प्रतिउत्तरमा उहाले भन्नु भयो “यो संसारमा सिर्जित हरेक बस्तुको छुट्टै नाम, काम र पहिचान हुन्छ | सुर्य उज्यालो र ताप कालागि , पुर्णिमाको जुन सितल प्रकाश कालागि , औंसी अध्यारो रात कालागि, तरवार युद्ध र काटमार कालागि, फूल बासना, प्रेम .सौन्दर्य , सान्ति , पूजा र समर्पण कालागि अनि देवता समान माया बाच्न, बचाउन र यो सृष्टिलाई निरन्तरता दिन को लागि आदि इत्यादी … अब मानौ यदी माया ले रेट्न लाग्यो भने तरबार को के काम ? माया नै औंसी को काम गर्छ भने आमबस्य को के अर्थ ? हाँसो पासो मा परिणत भयो भने माया को के अर्थ? रुपले आगो झैँ पोल्छ भने अग्नि को के स्थान ? यही प्रसङ्ग हो यो गीत”| सुरुमा सुन्दा सामान्य लाग्ने तर गहिरो अर्थ राख्ने यो गित अर्को कोशे ढुंगा बन्न सफलहोस, सुरपर्दा टिमको शुभकामना|

https://youtu.be/PTQldHjkcdg?t=2