भुइमान्छे बन्ने भो

हरेक दिन मानिसका लाशहरुसंग सिगैरी खेल्ने व्यक्तिको मनोविज्ञानमा आधारित भएर फिल्म भूईमान्छे बन्ने भएको छ। शैली ईन्टरटेन्टमेन्ट एण्ड मुभिज प्रालीको प्रस्तुतीमा बन्ने तयारीमा भुईमान्छेको राजधानिमा शुक्रवार एक कार्यक्रमको बिच शुभ मुर्हत गरिएको छ।लामो समय देखि नेपाली नाट्य क्षेत्रमा कार्यरत रंगकर्मीहरु हरुले निमार्ण गर्ने यस फिल्मलाई पृथक बनाउन कोसिस गर्ने निमार्ण पक्षले जानकारी गराएको छ। फिल्मका लागि कथा तयार पारेका निर्देशक नवराज बुढाथोकीले कार्यक्रममा फिल्मले नेपाली मैलिक स्वाद चखाउने बताए। उनले भने ’एक पोष्टमार्टनको काम गर्ने ब्यक्तिको जीवनमा आईपर्ने आरोह अवरोह बिचको मनोबिज्ञानले आम नेपालीको कथालाई समेत चित्रण गर्छ’ यता शुभ मुर्हतमा उपस्थित बरिष्ठ कलाकार निर शाहले पनि फिल्मको सफलताको लागी शुभकामना दिएका थिए। ‘नयाँ पुस्ताले फिल्महरुमा मौलिकता दिदै गईरहेका छन्, जति नयाँ पुस्ताको आगमन भयो फिल्मको स्वादनै फरक फरक हुदै गईरहेको छ |यो नेपाली फिल्म उद्योगको लागि सुखद समाचार हो।’ शाहले बताए।

जेष्ठ महिनाभित्र सुटिब सक्ने योजनामा रहेको भूईमान्छेमा मुख्य भुमिकामा नायक रमेश बुढाथोकी रहने छन्।नायक रमेशको साथमा भलिवल खेलाडी सिपोरा गुरु∙, सानु ताम्राकार, सम्राट सापकोटा, प्रविन खतिवडा, तारा केसी, रोहिणी
भट्टराई, सहिन प्रजापति, शसांक बोहोरा, सौरभ ढकाल, नारायण न्यौपाने, आर्यन न्यौपाने लगायतको भुमिका रहने छ। हरि यादव र तर्थ बोहोरा निर्माता रहने यस फिल्ममा रोहिणी भट्टराई कार्यकारी निर्माता रहने छिन् । अनुमानित ४० लाखमा फिल्म तयार पारिने लक्ष्य बोकेको फिल्म युनिटले मंसिर महिनामा फिल्मलाई रिलिज गर्ने छ।