बिक्रम राईले ल्याय “यो रमाइलो मौसम”

Nepal Idol 2070 को उपाधि जिते संगै धेरै श्रोताको मन जितेका गायक बिक्रम राई, अहिले गीतकार, संगीतकार को रुपमा पनि चिनिन्छन| उनले गित बनायर अरुलाई गाउन पनि दिन्छन| संगीतमा सक्रिय बिक्रम राईको “बिक्रम बिअट्स” Bikram Beats एल्बममा संग्रहित गित “यो रमाइलो मौसम” भिडियो सहित  सार्बजनिक भयको छ| उनको आफ्नै भनाइमा यो “धेरै समयको गृहकार्य पछि हाम्रो लागि सम्झौता बिहिन यी रचनात्मकता(सृजना) तयार गरेर तपाइको प्रतिकृया सल्लाह सुभाबको लागि सुम्पेका छौ” | रमेश नामहाङका सब्दमा संगीत बिक्रम आफैले भरेका छन् भने संगीत संयोजन फडिन्द्र राईले गरेका छन्|

सम्पदा, अनिल अनि रुद्र अभिनित भिडियोको निर्देशन युगल पोमोले गरेका छन्| अर्जुन तिवारीले क्यामेराको काम गरेका छन भने निशान घिमिरेले सम्पादन गरेका छन्| मिहिनेत गरेर बनयिएको भिडियोमा पनि सबैको काम प्रसंशा योग्य छ|आफु देखिनाकै लागि पनि भिडियो बनौनेका लागि गतिलो जवाफ हुन सक्छ यो भिडियो जहाँ गायकले मात्र गायका छन| हुन सक्छ उनले आफ्नो देखाइमा भन्दा स्वरमा बिस्वास गरेका छन्| सांगीतिक फाँटमा तुलनात्मक रुपमा केहि कम बर्ष बितायका गायक विक्रमले वजनदार स्वर पस्केका छन्| उनको स्वरको चौतर्फी तारिफ हुने देखिन्छ| हुनत उनि भन्छन “यस्तो गित सुन्ने श्रोता कम हुन्छन” तर यो गीतले ति कम श्रोताको घेरा नाघेर बाहिर निस्कोस, surparda.comको शुभकामना छ|