बाबु बोगटीको पाँचौं रेस्पेक्ट

गायक तथा संगीतकार हुदै नायक बनेका बाबु बोगटीले आफ्नो पाँचौ गीति  एल्बम ‘रेस्पेक्ट’ सार्बजनिक गरेका छन्। उक्त एल्बममा ‘साली ओ साली’,‘धेरै पछि’, ‘सपनीमा’, ‘बज्दैन मुर्चुङ्गा’, ‘म त हिड्नुपर्ने’, ‘यो साँझ’,‘मनै त हो’, ‘के भयो’ र ‘हेर फूल्न थाले’ गरि ९ ओटा गीत रहेकाछन् । बाबुको सोलो संगीत र गायन रहेको एल्बममा सुसन खड्का, बासुदेव मुनाल, लोकेश बोगटी, टंक विकल्प, खेम रिजाल, नविन सुवेदी, बाबु र राजेश घतानीको शब्द छ । एल्बमका केहि गित केहि बर्ष अगाडी नै सार्बजनिक भयता पनि एल्बम तयार पारेर बिधिबत रुपमा एक समारोहमा चलचित्र, संगीत तथा नाट्य क्षेत्रका बरिष्ठ व्यक्तिहरु माझ सार्बजनिक गरियको छ| उक्त कार्यक्रममा वरिष्ठ गायिका तारा थापालाई ११ हजार १ सय ११ रुपैंयाँ नगदसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो|


कार्यक्रममा एल्बमका ‘धेरै पछि’ र ‘साली ओ साली’ बोलको गीतको म्युजिक भिडियो पनि देखायियको थियो । बाबुले यसअघि २०५७ सालमा ‘पुल्चोक पाटन’, २०६० सालमा ‘रिकोयस्ट’, २०६३ सालमा ‘रिजल्ट’ र २०७० मा ‘प्रायश्चित’ एल्बमहरु निकालिसकेका छन्। ‘फेरि त्यो दिन’, ‘सान्नानी’, ‘जमुना’ ‘तुलसी’, बाबु बोगटीका हिट गीतहरु मध्यका केहि हुन्|बधाई तथा शुभकामना छ बाबु बोगटीलाई उनको यो एल्बमले अपेक्ष्याक्रित सफलता पाओस|