सात स्रष्टा सम्मानित

लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको २२औ वार्षिकोत्सवको अबसरमा सोमवार राजधानिमा एक कार्यक्रमबिच स्रष्टाहरुको सम्मान गरिएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आथित्यमा देशका आख्यान र रंगक्षेत्रलाई अतुलनिय योगदान पुऱ्यवापत बिभिन्न क्षेत्रका सात जना स्रष्टालाई सम्मान गरिएको हो।

चौधरी गु्रपका पिता लुनकरणदास चौधरीले स्थापना गरेको साहित्यकला मन्दिरले विगत लामो समयदेखी नेपाली कला, साहित्य एवम् संस्कृतिको प्रवद्र्धनमा उल्लेखनिय योगदान पुऱ्याउदै आईरहेको सन्दर्भमा यो बर्षपनि उक्त कार्यले निरन्तरता पाएको हो। कार्यक्रममा कला मन्दिरका अध्यक्ष समेत रहेका लुनकरण सुपुत्र बसन्त चौधरीले बाबुले बनाएको बाटो पछ्याउन पाउदै हर्षित रहेको बताए।‘देशको गरिमा बोक्ने स्रष्टाहरुको सम्मानको थालनी गर्नुभएका पिताले धर्ति छोडेर गएता पनि उहाँको अभियानलाई निरन्तरता दिन पाउदा गर्व महसुस गरेको छु’ बसन्त चौधरीले भने।विनाशकारी भूकम्पको कारण साहित्यकला मन्दिरको सक्रियता घटेकोमा दुखी बनेका बसन्तले आगामी दिनहरुमा योजनामा खाकाहरुलाई परिणाममुखी बनाउन लागी
पर्ने बाचा गरेका थिए।

स्रष्टा सम्मान कार्यक्रममा बिभिन्न सात बिधामा स्रष्टाहरुलाई नगद सहित सम्मान पत्रले बिभूषित गरिएको थियो जसमा नारायण गोपाल सब गीतसम्मानबाट गायिका एवम् संगीतकार शान्ति ठटाललाई सम्मान गरिएको थियो। दार्जलिबबाट संगीतिक यात्राको आरम्भ गरेकी ठटालले नेपालीसंगीतिक जगतमा ६ दशकभन्दा बढी समय बिताइसकेकी छिन्। नेपाली फिल्ममा पनि पाश्र्वसंगीत दिएकी ठटाललाई संगीतक्षेत्रप्रतिको अमूल्य योगदानको कदर गर्दै ५१ हजार धन राशी सहित कला मन्दिरले सम्मान गरेको हो।

त्यस्तै नेपाली रंगमञ्चको निर्देशन,नाटक लेखन,रंगमञ्च समालोचना र अभिनयमा ६ दशक बिताएका कलाकार प्रचण्ड मल्ललाई बालकृष्ण सम रंगसम्मानबाट सम्मानित गरिएको छ। २००८ बाट रब गयात्राका थालनि गरेका मल्लले नेपाली रंग जगतलाई अन्तराष्ट्रिय क्षेत्र सम्म चिनाउन मद्दत गरेकोमा उनलाई ५१ हजार नगदको साथमा सम्मानपत्रबाट सम्मानित गरिएको थियो।यता नेपाली व्यब्यचित्र जगतमा वात्सायनको नामबाट परिचित चित्रकार दुर्गा बराललाई अरनिको ललितकला सम्मानबाट सम्मानित गरिएको थियो। ५० बर्षभन्दा लामो समय नेपाली ललितकला जगतमा बिताएका बात्सायनले २ हजारभन्दा बढी चित्रहरु बनाएर अखवारमा कार्टुन बिधालाई अनिवार्य स्थान दिने परम्पराको थालनि गरेपावतनै ५१ हजार नगद राशि सहित सम्मान गरिएको
थियो।

कार्यक्रममा नेपाली शिक्षा जगतमा लामो समय योगदान गरेबापत समाजसेवी अंगुरबाबा जोशीलाई गंगादेवी चौधरी स्मृति सम्मानबाट सम्मान गरिएको छ। पद्मकन्या कलेजको प्रिन्सिपल समेत रहेकी जोशीलाई निरन्तर शैक्षिक क्षेत्रको उत्थानको लागि
काम गरेको भन्दै नगद १ लाख सहित सम्मान गरिएको हो।उक्त १ लाख रुपैयालाई समाजसेवामै खर्चिने जोशीले बताईन्। आख्यान र पत्रकारीतको श्रीबृद्धिको लागि निरन्तर काम गर्दै आएका मदनमणी दीक्षितलाई सरस्वती सम्मानबाट नगद ५१ हजार र ताम्रपत्र सहित सम्मानित गरिएको थियो।कार्यक्रममा इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट शोधशास्त्रि डाक्टर जगमान गुरु बलाई सम्मानित गरिएको थियो। यता दक्षिण कोरियाबाट जीवबिज्ञानमा विद्यावारिधि गरेकी बविता पौडेल भट्टराईलाई नवप्रतिभासम्मानबाट सम्मानित गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि स्रष्टाको सम्मान गरेकोका साहित्यकला मन्दिरप्रति कृतज्ञता अपर्ण गर्नुभएको थियो। उहाले यस्तो पूण्यकामले निरन्तरता पाउनुपर्ने बताएका थिए। कार्यक्रममा लुनकरणदास चौधरीको जीवनको आरोह अवरोहलाई समेटेर तयार छोटो
वृतचित्र समेत प्रस्तुत गरिएको थियो।