गोरखाको छेपेटार दरौदीमा जे देखियो

nkg2

शुक्रबार दिउँसो छेपेटारहुँदै बग्ने दरौदी खोला किनारमा दुइ परिचित जस्तो लाग्ने अनुहार पानी छ्यापा छ्याप गर्दै थिय एती मात्र होइन याफ्टिङको मज्जा पनि लिदै थिय| यो प्रचण्ड गर्मीमा खोलाको चिसो पनि मा दुइ युवा युवती को गतिबिधि आकर्षक थियो जसले गर्दा नजिक गइ नियाल्न मनलाग्यो अनि थाहा भयो यो रोमान्स रैछ चिर परिचित अनुहार ‘हनुमाने’ र ‘मंगली’ अनि हामीलाई थाहा भयो यो एक गीतको म्युजिक भिडियो सुटिङको दौरानमा रहेछ।

nkg3
गायक विकास उप्रेतीको ‘-याफ्टिङ चढेर…’ बोलको गीतलाई दरौदिमा छायांकन गरिएको छ । कलाकार बुद्धि तमाङ अर्थात् हास्य टेलिचलचित्र ‘मेरी बास्सै’ का “हनुमाने” र उनकी अनस्क्रिन पत्नी रजनी गुरुङ ‘मंगली’लाइ भिडियोमा उतार्दै थिय निर्देशक नविनबाबु गुरुङले उनलाई साथ् दिदै थिए राजु तामाङ्गले । टेलिचलचित्रका चर्चित पात्र बुद्धि तामाङको यो पहिलो अभिनीत म्युजिक भिडियो हो तर रजनीले भने थुप्रै भिडियो तथा गुरुङ भाषा चलचित्रमा अभिनय गरिसकेकी छन् ।

nkgggg
स्थानीयका अनुसार दरौदी नदीमा पहिलोपटक -याफ्टिङ चलाइएको हो उक्त गीतको भिडियो सुटिङका लागि । यस गीतको भिडियो दरौंदी किनारका अलावा छेपेटार, चोरकाटेलगायतका स्थानमा छायांकन गरिएको छ । गायक विकास उप्रेतीको यस गीतलाई किरण भण्डारीले संगीत गरेका हुन्। यो भिडियो एक साताभित्र रिलिज गरिने बताइएको छ ।
nkg