संगीतमा समर्पित एड्रियन प्रधानले लामो समय सम्म १९७४ A D ब्याण्डसंग रहेर धेरै राम्रा गीतसंगीत दिई सकेका छन् |आजकल एड्रियन एंड फ्रेंज समूह मार्फत आफ्ना सांगीतिक गतिबिधि अगाडी बढाई रहेका छन्| बीच बिचमा उनले आफ्ना एकल गित तथा एल्बम पनि निकाल्दै आईरहेका छन| जे होस् उनले नया नया गित संगीत दियिनै रहेका छन्| यिनै भर्साटाइल म्युजिसियन एड्रियन प्रधानको नया गित आयको छ ‘चपस्टिक्सले खान आउँदैन मलाई’। गीतमा मनमा खोट नभयको अनि जागिर, धन, सम्पत्ति आदि देखाउने कुरा पनि नभयको युवाले आफ्नो यथार्थता बताउदै युबतिको जवाफ मागेको भाव समेटियको छ|
उक्त भावलाई गीतका सब्दमा बुनेर फंकी पप सैलिमा संगीतबद्ध गरेका छन् ज्याक वाकोले जसलाई संगीत संयोजन गरेका छन् अल्मोडा राना उप्रेतीले | गायक तथा निर्देशक नरेन लिम्बुले निर्देशन तथा अभिनय गरेर भिडियो सहित यो गीतलाई सार्बजनिक गरियको छ|