उदेश श्रेष्ठको भेरियसन

“किन मायामा यति धेरै चोट हुन्छ” , “यो जुनिमा तिम्रो हुन सकिन , मलाई माफ गरिदेउ” , “तिम्रै लागि आज म धेरै रोए” “अब नाटक बन्द गर” जस्ता  गीतहरु भयका  २ ओटा (love area & Rahasya ) एल्बमबाट २०६१ देखि २०६४ सम्म विभिन्न अवार्डमा नोमिनेसनमा पारेर केहि अवार्ड्स पनि जित्न सफल भएका गायक उदेश श्रेष्ठ, एक हाइ रेन्जका गित गाउने गायकका रुपमा चिनियका हुन| उनको जीवनमा धेरै variation आयको छ चाहे त्यो संगीतको हो या आफ्नै व्यक्तिगत| संगीतमा लाग्दा एक्ला उदेश अहिले बाउ बनिसकेका छन् भने उनका गीतका प्याटर्नमा पनि variation आयको छ |

बजार मा रिमिक्स को लहर र पाइरेसीको मारले एल्बम कसैको पनि राम्रो नभएको समयमा classical music तर्फ आफ्नो कदम चालेको र गुरु आमा सङ्गिता प्रधान रानासंग ५ बर्षको औपचारिक शाश्त्रीय सङ्गीतको सिक्षा लिय पछि २०६९ मा तेस्रो एल्बम ” Still Alive ” बजार मा ल्याए | सोही एल्बम को आँसु को थोपा बोल को गीतबाट 14th annual tuborg image award मा सर्बोत्कृस्ट पप गायन पुरुष को बिधाको अवार्ड पनि प्राप्त गरे।

त्यस पछि क्रमस आफ्नो साङ्गेतिक यात्रा निरनन्तर अगाडि बढाउदै उदेश ले केही नया नया प्रयोग गरेको पनि पाइयो ।
फरक फरक स्वादका “नशालु नयन” , “तिम्रो लागि तारा टिपेर” , “सक्दिन बिर्सन तिमिलाई” जस्ता गीत संगीत दर्शक स्रोता माझ पस्किरहे ।

त्यसै गरि महा भुकम्प पछि देश मा धेरै निराशा बादी गीत सङ्गीत ले झनै निराशापन छाउनेछ र अब निराश भएर हैन सम्पुर्ण नेपाली जाग्नु पर्छ भन्ने उदेश्यले बिपिन मर्मको शब्द रचनालाई रक सैलिमा ढालेर संगीत अनि संगीत संयोजन गरेर नेपालका पप सङ्गीतका सम्राट ॐ बिक्रम बिष्ट देखि अहिले का चर्चीत गायक गायिका जस्तै ; प्रमोद खरेल , सिमा सङ्रौला , युबराज चौलागाइ , पुजा गुरुङ्ग, सुरज शाही ठकुरी , मिङ्ग्स लामा , सुरज श्रेष्ठ , निक्की कार्की , काली प्रसाद बान्स्कोटा , सुजता मानन्धर उपाध्याय , विश्व नेपाली ,ॐ कृष्ण श्रेष्ठ , रोशन श्रेष्ठ , सुरज पौडेल, विकाश भट्टराई, स्वयम् गुरुङ्ग, बेनु राउत , आकान्क्ष्या बस्याल,स्वयम् उदेश सहित अहिले का कलिला रक स्टार अ्मन प्रधान सम्म आफ्नो आवाज दिएको उक्त गीत 17th annual tuborg image award को सर्बोत्कृष्ट राष्ट्रीय भावनाले अभिप्रेरित गीत को बिधाको अवार्ड हात पार्न सफल भयको थियो |

गत आइतबार एउटा पत्रकार सम्मेलन गरि उदेशले आफ्नो एल्बम variation लोकार्पण गरायर सोही कार्यक्रम मार्फत आफू पनि सम्लग्न भएको गैर नाफा मुलक संस्था “yes humanity” को गतिबिधिको बारेमा पनि जानकारी दिए ।
उक्त संस्था अस्ट्रेलियामा रहेका ॐ कृष्ण श्रेस्ठ र आर्य कृष्ण श्रेस्ठ ले स्थापना गरेको र महा भुकम्प पछि आफ्नो क्ष्यमता ले भ्याएसम्म को सहयोग गरेको थियो | उक्त सन्स्था द्वारा भबिष्यमा सांगीतिक यात्रा गर्ने र सोबाट सन्कलित रकम अशाहय र अनाथ बाल बालिकाको लागि खर्चिने पनि बताए ।

फरक शैलीको गीत सङीत solo track को रुप मा बजार मा ल्याउदै अन्तत सोही सम्पुर्ण सोलो गीत हरु लाई समाबेस गरि थप नया 2 ओटा गीत राखेर उदेश ले Variation तयार पारेका हुन ।सोही कार्यक्रम मार्फत उदेश ले एउटा नया गीत कान्छी नाचिदेउको श्रब्य दृश्य पनि देखाए । राजीब सङ्रौला को शब्द सङ्गीत रहेको उक्त गीतमा उदेशलाई स्वयम् राजीव अनि मौसमी गुरुङ ले पनि साथ दियेका छन। संगीत संयोजन उदेश आफैले गरेका छन्|