“हेरिटेज नेपाल फेष्टिवल”मा निक्की र आयुष

आफ्नो भाषा, कला र सस्कृतीको संरक्षण र सम्बर्दन गर्दै नेपाली सन्ततीहरुलाई एकै थलोमा आबद्द गर्न यहि मे २८, शनिवारका दिन भर्जिनियामा हुन गैरहेको “हेरिटेज नेपाल फेष्टिवल” मा अहिलेका निकैनै चर्चित युवा पुस्ताका दुई व्यक्तित्व गायिका निक्की कार्की र YouTuber as well as a viner आयुष रिमालले आफ्नो जोडदार प्रस्तुति दिने भयका छन। भर्जिनिया, डी सी, बाल्टिमोर आसपासका नेपाली प्रतिभावान नया पुस्तालाई अगाडी बढाउन, नेपाली संस्कृतिको बारेमा केहि जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गरियको कार्यक्रम संयोजकका रुपमा सक्रिय सुनिल मणि दाहालले बताउनु भयो| यसका लागी प्रतिभाशाली युवा ट्यालेन्टहरुलाई अमेरिका नेपाल सोसाइटी (ANS) ले स्थान दिएर एउटा उदाहरणिय कामको सुरुवात गरेको छ|
आयुषका लागि निक्कीसंगको यो कार्यक्रम दोस्रो हो र उनि यसका लागि एकदमै उत्साहित रहेको बतायका छन्|गायिका निक्किले उक्त कार्यक्रममा आफ्नो ४ महिनामा युट्युबमा झन्डै १२ लाख भ्यु पुगेको गित “जेट उडाउछु” का साथ साथै अन्य हिट नेपाली गित गाउने बताइन| आयुष र निक्कीबाट प्रेरित भै धेरै प्रतिभावान नेपाली नया पुस्ता अगाडी आउन surparda.com को शुभकामना|

watch promo

https://www.facebook.com/AayushRimalOfficial/videos/1085383448167530/