बादल प्रसाईको बहु प्रतिक्षित गित , भिडियो सहित सार्बजनिक

badal jatiनेपाली गित संगीत प्रेमी बादल प्रसाईको संगत  बिस्तारै कुसल संगीतकर्मीहरुसंग हुन पुग्यो| उहाहरुको साथ् सहयोग अनि बादलको आफ्नै मिहिनेत र लगनसिलताले गर्दा बादल एल्बम निकाले जसको शिर्ष गित धेरैले मन परयापछी हौसियाका बादलले एक पछि अर्को गित सार्बजनिक गर्दै सांगीतिक यात्रा अगाडी बढाई रहेका छन्| अहिले देश बिदेशका कार्यक्रममा उनको माग बढ्दो छ| इंडिया, दोहा लगायतका ठाउमा उनका आगामी कार्यक्रम हुदैछन| केहि समय अगाडी अस्ट्रेलिया गायक बेला आफ्नो लिप्सिंग तेही खिचेर बाँकी मुख्य पार्ट अमेरिकामा छायांकन गरेर नयाँ गीत “जति रुवाएनी तिमीले मलाई” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्|
प्रदिप थापाको शब्द रहेको उक्त गीतमा भरत सिटौंलाको संगीत र शैलेन्द्रमान प्रधानको संगीत संयोजन रहेको छ । यो भिडियोको मुख्य आकर्षण “मिस हवाई २०१५” की विजेता डिसेम्बरर्सले अभिनय रहेको छ| आशीष शम्सेर कुँवेरद्वारा निर्देशित भिडियो अनुप गिरीले सम्पादन र एरिकले खिचेका हुन् । बिशेसगरि युवा पुस्तालाई लक्षित गरि निर्माण गरियको भिडियोमा नायिकालाई हट एंड बोल्ड अवतारमा प्रस्तुत गरियको छ| सफलताको शुभकामना छ बादल प्रसाईलाई|