चलचित्र पत्रकार संघले यस बर्षको चलचित्र प्रत्रकारिता सम्मान डब्बु क्षेत्री तथा चलचित्र प्रत्रकारिता पुरस्कार तुलसी गिरी ‘भावुक’ र श्याम आर्याललाई प्रदान गरेको छ।शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सूचना तथा संञ्चार मन्त्री शेरधन राईको हातबाट पुरस्कार एवम् सम्मान बितरण गरिएको हो।१७ औं बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघको काम कारवाही बारेमा समेत चर्चा गरिएको थियो। हरेक बर्ष पत्रकारिताको माध्यमबाट उल्लेखनिय योगदान गर्ने पत्रकारहरुलाई सम्मान गर्ने हेतुले स्थापना गरेको सम्मान एवम् पत्रकारिता पुरस्कार यस बर्ष क्रमश क्षेत्री, गिरी र अर्यालले पाएका हुन्। पत्रकारिता सम्मान बाट सम्मानित भएका डब्बु क्षेत्री हाल राष्ट्रिय दैनीक राजधानिको वरिष्ठ उपसम्पादको रुपमा कार्यरत छन्।२०४९ सालबाट पत्रकारिताको थालनी गरेका क्षेत्रीले लामो समयसम्म यस क्षेत्रको लागी योगदान गरेको जनाउदै दोसल्ला र कदरपत्र सहित सम्मान गरिएको हो। यता २०४५ सालबाट प्रत्रकारिताको थालनी गरेका पत्रकार तुलसी गिरी र टेलिभिजन रेडियो प्रस्तोता एवम् नायक श्याम अर्याललाई प्रत्रकारिता पुरस्कार बाट सम्मानित गरिएको थियो। पुरस्कार स्वरुप यि दुबै पत्रकारदाई १५ हजार ५ शय ५५ नगदको साथमा कदर पत्र प्रदान गरिएको थियो। ताथा बिभिन्न प्रायोजकको तर्फबाट सम्मानित एवम् पुरस्कृत पत्रकारहरुलाई मोवाईल फोन, घडी, सुट, पश्मिना एवम् गणेशको मूर्ति प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी रहेका शेरधन राईले पनि सम्मानित एवम् पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै राम्रा काम गर्दै जान शुभकामना दिए। कार्यक्रममा बोल्दै मन्त्रि राईले देशले स्थाई खालको बिकाशको बाटो लिदै गर्दा चलचित्र नितीलाई पनि सधार गर्दै लैजानुपर्ने औल्याए। ‘सरकारले फिल्म क्षेत्रलाई उद्योगको मान्यता दिएर भावी दिनहरुमा प्रभावकारी रुपमा अगाडी बढाउदै नेपाली सिनेमालाई अन्तराष्ट्रिय जगत सम्म पुऱ्याउन पर्ने आवश्यकता रहेको छ’ मन्त्रि राईले भने।
यता कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले पनि फिल्मले आम मानिसको ज्ञानको क्षेत्रलाई बिस्तार गर्दै समाज परिवर्तनमा उल्लेखनिय योगदान गरेको चर्चा गरे। यता न्यूनतम पारिश्रमीक आयोगका सल्लाहकार पोषण केसी, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पनि चलचित्र प्रत्रकार संघको कामको प्रंशंसा गर्दै आगामी दिनहरुको सफलताको कामना समेत गरेका थिए।त्यस्तै आफ्नो कार्यकाल भरीको साथ र सहयोगका लागी चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले पनि कृतज्ञता अर्पण गरेका थिए।