केहि समय अगि मात्र राजेश पायल राईसंग न्यु योर्कको एक इस्टुडियोमा युगल गित रेकर्ड गरेको उठेको चर्चा सेलाउन नपाउदै गायिका पबित परियारले उक्त गित समाबेश नभयको गीतकार गीता खत्रीको एकल रचनामा तयार भयको “दीप” एल्बम बिमोचन गरयकी छिन्| उदयपुरको गाईघाटमा जन्मेर सन् २००८ देखि अमेरिकामा बस्दै आउनु भएकी गायिका पबिताले बिदेशमा रहेर पनि नेपाली गीत,संगीत प्रतिको लगाब कम हुन दियकि छैनिन|
त्यसै एल्बम दीपमा समाबेश ‘जलायो निष्ठुरीको मायाले जलायो’ बोलको गीत भिडियो सहित युट्युब मार्फत सार्बजनिक भयको छ। गीतको भाब अनुसार निष्ठुरीको मायाले जलायको कुरा छ| आफ्नो प्रेमीबाट टाडीदा मनमा उब्जिने जलनलाइ सब्दमा उनेकी छिन् गीतकार गीता खत्रीले जसलाई आधुनिक धारमा संगीतबद्ध गरेका छन्, जय कुमार परियारले| गीतमा संगीत संयोजन राजन इसानको रहेको छ। प्रसन्न पौडेलद्वारा निर्देशित भिडियोमा रीमा बी के र प्रबीणको अभिनय गरेका छन्| बिदुर पाण्डेले मनोरम दृश्यमा छायांकन गरेका छन् जसलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्। उक्त एल्बमलाई जय म्यूजिकले बजारमा ल्याएको छ |