धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ नायिका रेखा अनि नायक राज बल्लभको सहयोग

“देश निर्माण, तपाईँ हाम्रो अभियान” भन्ने नाराका साथ् अगि बढेका धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ सहयोग जुट्ने क्रम जारि छ| देश बिदेशमा रहनु भयका धेरैले सहयोग गर्दै हुनुहुन्छ| ६५ परिवारका लागि चार करोड भन्दा बढीको अनुमानित लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीका लागि अहिलेसम्म १ सय ६ जनाले नगद सहयोग गरीसकेका छन् । जसबाट अहिलेसम्म (may 20 तारिख सम्म ) कुल ४० लाख ४ हजार ७ सय ९ रुपैँया जम्मा भएको छ । अहिलेसम्म सहयोग आएको मध्ये कृष्ण बहादुर खत्रीले सबैभन्दा बढी ५ लाख ५ सय ५ रुपैँया सहयोग गर्नुभएको छ| उहाले आफ्नो परिवारका धेरै सदस्यको नाममा उक्त रकम दिनु भयको छ|

dhurmus raj
नायिका रेखा थापा पछिल्लो पटक कहिले असाहय बालबालिकाको सहयोगार्थ त कहिले भूकम्पका मिर्तक परिवारका लागि काम गर्दै आयकि थियिन| अहिले भर्खरै उनले धुर्मुस सुन्तलीले सुरु गरेको पबित्र काममा पनि सहयोग गरेकी छिन्|उनले एक लाखको रकम सहयोग गरेकी छिन्| रेखा थापाले सहयोग गरेको केहि दिनमै नायक राज बल्लभ कोइरालाले पनि आफ्नो हजुरबा टिका बल्लभ कोइराला को नाममा, रु एक लाख एक हजार ( रु, १०१,०००) दिने प्रतिबद्धा गरेको जानकारी आफ्नो फेसबुक मार्फत  गरायका छन्| हार्दिक नमन छ यी मनकारी हातलाई| आशा गरौ यसरि यो सहयोग बढ्दै जाने छ र गिरान्चौर एकिकृत बस्ती पछि अरु ठाउमा पनि बस्ति बन्दै जानेछ अनि सुन्दर देश निर्माण हुने छ|

धुर्मुस सुन्तली फ़ाउन्डेसनलाइ  सहयोग गर्न येहा click गर्नुस 

https://www.facebook.com/dhurmusuntu/videos/480107408854882/