
२०४०/४२ को आसपास रेडियो नेपालमा भोइस टेस्ट गरेपछि मात्र गीत गाउन पाउने अबस्थामा आफुभित्र क्षमता छ भने भोइस टेस्ट बिनानै एल्वम निकाल्न सकिन्छ भनेर नेपाली पप गीतको बाटो खोल्ने काम गरेका गायक हुन भिम तुलाधर। काठमाडौं असनमा जन्मिएका तुलाधरले आफ्ना केहि मिल्ने साथीहरुसंग मिलेर खोलेको संगितीक समूह द इन्फूल्योनसेस मार्फत नेपाली पप गीत संगीतमा एउटा नयाँ अध्यायको आरम्भ गर्न सफल रहे। उनै भिम तुलाधर र उनको संगीतिक समूह द कालिड ब्याण्डले झण्डै १५ बर्षको अन्तराल पछि काठमाडौंमा शनिवार साझ एक भब्य कार्यक्रम सम्पन्न गरेको छ। रोयल भेन्यू एण्ड क्याफे महाराजगँन्जमा आयोजित संगीतिक कार्यक्रममा भिम र उनको संगीतीत समूहले आफ्ना झण्डै २० ओटा हिट गीतहरु प्रस्तुत गरेका थिए। रेभल ईभन्टले आयोजना गरेको उक्त कार्यक्रममा १२ जना स्रष्टालाई एउटै मञ्चमा योगदानको कदर गर्दै सम्मानित समेत गरिएको थियो।प्रमुख अतिथी पूर्व मन्त्रि एवम् कांग्रेस सदस्य पूर्ण बहादुर खड्काद्धारा सम्मान गरिएको कार्यक्रमा गायकहरु भिम तुलाधर, संञ्जय श्रेष्ठ, बविन प्रधान, तिलक बम मल्ल, ड्रमर देव राना, गिटारिष्ट ज्योती घिमिरे, सञ्चारकर्मी हरिशरण लामिछाने, हास्यकलाकार द्धय शिवहरी र देवीराम पराजुली समाजसेवी रामेश्वर श्रेष्ठ, बिजय गुरुब लाई रेबेल इभेन्टले सम्मान गरेको हो। नेपाली संगीतिक जगतमा एउटा छुट्टै उचाई बनाएका भिम तुलाधरले आफ्नो आठ ओटा सोलो एल्वम र केहि कलेक्सनमा गरेर झण्डै २ सयको हाराहारी गीतहरु श्रोता दर्शकको लागी पस्किसकेका छन्।
२ बर्ष अघि मात्र अन्तराल नामक एल्वम बजारमा लेराएका तुलाधरले चाडैनै नयाँ एल्वमको लागी काम गर्न लागेको हामीसंगको कुराकानीमा बताए। सुन्ने भन्दा संगीतलाई हेर्ने दर्शक बढेकाले संगीतिक मोहनै सस्तो भईरहेको बताउने यि गायकले आफुहरुपनि कस्तो खालको गितहरु दर्शक श्रोतालाई दिने भनेर कन्फूजनमा रहेको जनाए। ‘हाम्रो संगितीक समूहको आफ्नै छुट्टै स्वाद छ जून २०/२२ बर्ष अगाडी हिट थियो तर आजकलका नयाँ जेनेरेशनले भने छुट्टै गीतहरुलाई मनपराई रहेको ट्ेरन्ड छ त्यसैले पनि हामी नयाँ एल्वममा यि दुबै स्वाद पस्कने बिचारमा छौ’ भिमले भने। बिचको समय अनेक बाधा व्यबधानको कारण ब्याण्ड र आफ्नो संगीतिक यात्रा केहि सुस्ताए पनि अब जागरुक भएर लाग्ने बताउने भिमले हरेक महिनाको अन्तिम शनिवार देश भित्र र देश बाहिर संगीतिक कार्यक्रम गर्ने समेत खुलाए। संंगीतिक यात्राकै क्रममा जापान, अमेरिका, युके, हंबकब लगायतका देशको यात्रा गरिसकेका भिमले अन्तराष्ट्रिय जगतमा छरिएर रहेका नेपालीहरुलाई पून आफ्नो सक्रियता देखाउने बताए। ‘पप गित संगीतको जगतमा जुन दु:खे हामिले बाटो खनेका थियौ त्यहि बाटो हुदै आजका नयाँ पुस्ताको अभ्यासले हामीलाई अझ उर्जा भर्ने काम गरेको छ’ तुलाधर थप्छन् संगीतमा बिकृति नभई संस्कृति जोगाउनु पर्छ। नेवारी, गुरुब भाषाको गीतहरु समेत गाएका उनले संगीतिक कर्मले बचानुजेल निरन्तरता पाउने समेत बताए।