कबि किशोर घिमिरे व्यक्ति र सिर्जना

kishor pi
२ दशकको लेखन यात्रामा ५० भन्दा बडी आफ्ना सब्दजाललाइ संगीतबद्ध गराई विभिन्न गायक गायिकाको स्वरमा रेकर्ड गरयिसकेका श्रस्टा कबि तथा गीतकारको नाम हो किशोर घिमिरे| उहाले हालसालै गायक अनिल सिंहको एकल संगीत  र स्वर अनि आफ्नो एकल सब्द रचनामा  “बहुमुल्य मधुर सम्झना”, एल्बम तयार पर्नु भयको छ साथै  केहि समय अघि एउटा कबिता संग्रह  “एक हरफ जिन्दगी” पनि प्रकाशनमा ल्याउनुभयको छ| यिनै कृतिहरुको बारेमा बुझ्ने बहानामा  उहासंग गरियको अन्तरंग कुराकानीको सारांश यहाँ प्रस्तुत छ|

http://https://youtu.be/v34jDEdPz6o

 

कबिरत्न तथा बिध्याबारिधि कृष्ण प्रशाद शर्मा जो उहाको हजुर बुवा हुनुहुन्छ, उहाको प्रभाब आफुमा अत्यन्त गाढा रुपमा परेको बताउने किशोर भन्नुहुन्छ “आफुमा आयको काव्यिक चेतलाइ बुझेरै होला उहाहरुले मेरो नामै “कब्यप्रसाद” राखिदिनु भयको थियो “| घर परिवार, ब्यापार, लेखन , साथीभाई , संगीत, साहित्य प्रति आगाध प्रेम पाइन्छ उनमा| आधा घन्टाको बसाइमा पटक पटक छोरि सम्झिदै पर्फुल्लित भयर रामाय| खुसि हुन ठुलो कुरा चाहिदैन उनलाई केवल छोरि कश्भिले आफ्नै गित गयिदिया पुग्छ यसरि काकाले यो गित राम्रो लग्यो भंदिदा त यति प्यारो महसुस गर्ब महशुश गर्नु हुन्छ कि जुन लगभग अरु कतै हुदैन| किशोरले आफ्नी पहिलो पहिचान “खास त केहि छैन जीवनमा ” बोलको गीतले बनायको बताउछन, जसलाई प्रमोद निर्वाणले संगीत गरेर राजेश पायल राइले गायक छन् | हुनत यो भन्दा अगाडी नै नलिना चित्रकारको जिन्दगि एल्बममा “माया लाउने धोको मेरो” बोलको गित रेकर्ड भैसकेको थियो|

https://youtu.be/ozX1X08lD2k?t=15

कबिता र संगीतमा बरोबर रमाउने किशोर आफु आफ्नो घरको माहौलले आफुमा पनि साहित्यको बिजारोपण भयको होला भन्नुहुन्छ | उनको भनाइ अनुसार हजुरबुबाको बाटो हिडदा देखिने अजिब र मन छुने दृश्यहरुले मलाई तान्छन अनि तिनीहरुलाई सोच्दा सोच्दै म कबिता बनाउछन| उनि थप्छन “म बन्धनमा रमाउन सक्दिन, चाहन्न पनि, मलाई सब्दको पखेटा लगायर चेतनाको हेराइले सृजनाको उडान भर्न मन पर्छ| मेरो उडान कहीले भावनासंग हुन्छ भने कहिले परिवारका सदश्यहरुसंग | ९४ बर्षकी मेरी हजुरआमाले सल्लाह अर्थि दियको , काकाले सुझायाको अनि गाली गरेको प्यारो लाग्छ साथै छोरी कश्भिले “डुब्दै छु पौडिदै छु मा तिम्रो मायामा ” गाउदा मा आफु त्रिप्तताको खुशीले समाधिस्थ महसुस गर्छु|”

https://youtu.be/ESXDMZTF5sU

 

आफ्ना रचनाबाट आत्म सन्तुस्टी लिने अनि रचना सुनेर आउने प्रतिक्रियाबाट अझ खुशी हुने किशोरका रचना उदेश श्रेष्ठ, प्रमोद निर्वाण, प्रेम लामा , विश्व नेपाली, सुरज सहि ठकुरी, अनिल सिंह, राजेश पायल राई लगायतका धेरै जसो गायक गायिकाको स्वरमा रेकर्ड भैसकेका छन् र सार्बजनिक पनि छन्| राम्रो कला र गला भयका मान्छे चाही पछि पर्नु हुदैन भन्ने मान्यता राख्ने किशोरले कता कता असल कलाकार, राम्रा सर्जक पनि अवसर नपाउदा ओझेलमा परेको महसुस गर्नु हुन्छ| तिनीहरुलाई उजागर गरेमा नेपाली साहित्य र संगीतको बिकास हुन्छ भन्ने उहाको धारणा रहेको छ |

बिकृति विसंगतिको कुरा गर्दा उहा भन्नु हुन्छ “बिकृति नभयको त कुन क्षेत्र होला र ? साहित्य अनि संगीतमा पनि नभयका होइनन तर चिन्नु पर्छ हामीले अनि तेस्लाई छेउ लगायर अगि बढ्नु पर्छ “| बिकृति , विसंगति, अस्थिरता, अभाब जे भयता पनि यो देश छोडौ भन्ने कहिल्लै नलागेको बताउदै उहा भन्नु हुन्छ “विकृत सोच , बिचार जता ततै छन् कति पय सृजनामा पनि देखियको छ | नकारात्मकताले चिन्तित त बनाउछ नै तर पनि समयले ठिक ठाउमा ल्याउने छ भन्ने बिस्वास छ”| हाम्रो मौलिकताले सुगन्धित संगीतलाई अगाडी बढाउनु पर्छ भन्ने मेरो मान्यता रहेको छ”| आफ्नो रचनालाइ सन्तान सम्झेर पैसामा नबेच्न किशोरलाई कलाकारको कला, उसको ब्यबहार, बोलि , स्वभाबले उस्को कलामा सुगन्धको भूमिका निभाउछ भन्नुहुन्छ| सुगन्ध मिठो भयन भने उपस्थिति खल्लो भैहाल्छ भन्दै आफ्नो धारणा यसरि खुलस्थ भयर पोखे|

मिडियाको भूमिका प्रति जिज्ञासा राख्दा पुन दोहोर्य उनले “बिकृति र विकृत व्यक्तिहरु मिडियामा पनि छन् कोहि कोहि तर तिनीहरुको कारण सम्पूर्णलाइ दोष दिनु हुदैन बरु हामी तेस्ताबाट बच्नु पर्छ, तिनीहरुलाई सबक सिकाउनु पर्छ| मिडिया र कला अनि कलाकार त एक अर्काका परिपुरक हुन्”|
एक श्रस्टा कबि, गीतकार तथा कर्म पुज्ने व्यक्ति किशोर घिमिरेसंगको कुराकानीको सारांश येतिनै | आगामी दिनमा फेरी अन्य कृति तथा बिसयबस्तुमा आधारित रहेर कुराकानी गरौला| surparda . com को हार्दिक शुभकामना छ उहाका साहित्यिक अनि सांगीतिक पाइलाले शिखर चुम्दै जाउन|