समाचारमुलक टेलिभिजन एभिन्यूजले एभिन्यूज पिक्चर्स मार्फत फिल्म निमार्णमा उत्रने भएको छ। आईतवार दरवारमार्ग स्थित होटल अन्नपूर्णमा एक कार्यक्रमको आयोजना गर्दै ५ फिल्म निमार्ण गर्ने घोषणा गरेको छ। एभिन्यूज पिक्चर्सले अर्को फिल्म निमार्ण कम्पनी अनन्या पिक्चर्ससंगको सहकार्यमा फिल्म निमार्ण गर्ने भएको हो। कार्यक्रममा बोल्दै एभिन्यूजका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली फिल्मको भविष्य मौलिक र समानान्तर फिल्म निमार्णमा टिक्नेकारणले गर्दानै आफुहरु फिल्म निमार्णमा होमिएको बताए।
सुरु मा ५ फिल्म बनाएर बिस्तारै नेपाली मौलिक कथालाई बिश्वजगतमा चिनाउन लागिपर्ने बताएको एभिन्यूज पिक्चर्सले रिगंटा, लामा ला : द मंक, जोसेफ, पापपोखरी र देवकोटा फिल्म निमार्ण गर्ने बताएको हो। जसमध्ये रिंगाटाको निमार्ण सम्पन्न भईसकेको छ भने लामा ला : द मंकको पोष्ट प्रोडक्सनको काम भईरहेको छ। पाचवटै फिल्मलाई निश्चल पौडेलले लेखन एवम् निर्देशन गर्ने छन्।नेपाली फिल्मलाई अन्तराष्ट्रिय बजार सम्म पुऱ्यउनु नै मूल उद्देश्य रहेको बताउने पौडेलले आफ्नो लेखन निदेर्शनमा बनेको फिल्म रिंगाटाले सन् २०१५मा नर्थ क्यारोलिना अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा उत्कृष्ट फिल्मको अवार्ड हात पार्न सफल बनेको समेत बताए। यता पोष्ट प्रोडक्सनको क्रममा रहेको फिल्म लामा ला को प्रर्दशन अधिकार अमेरिकी एक फिल्म कम्पनीले ८० हजार डलरमा खरिद गरिसकेको समेत कार्यक्रममा जानकारी गराईएको थियो। यता कथा तयार भएर सुटिंगको तयारीमा रहेको फिल्म जोसेफले धर्म परिर्वतन र यसले समाजमा लेराएको बिकराल समस्यालाई उजागर गर्ने छ। केकी अधिकारीको मुख्य भुमिका रहेने यस फिल्मको लागी बाकि कलाकारको टुंगो लाग्न बाकि रहेको जनाईएको छ। यता फिल्म देवकोटामा पनि महाकवी लक्ष्मि प्रसाद देवकोटाको गोसाईकुण्ड यात्रा गर्दा भेट भएको दृश्यलाई पर्दामा उतारिने बताईएको छ। जुन फिल्ममा देवकोटाको भुमिकामा नायक जिवन लुईटेल रहने छन्।