“लाल्टिन”को पहिलो पोस्टर आयो

laltinदयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन  गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्र लाल्टिनको पहिलो पोस्टर सार्बजनिक गरियको छ| भानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानीमा तयार भएको चलचित्र हो ‘लालटिन’| पोष्टरमा चलचित्रका एक कलाकारले लालटिन समातेका छन् जसको  शरीरको पछाडी पट्टीको भाग मात्र देखाइएको छ । पोष्टरमा चलचित्रका कुन कलाकार हुन भनेर चिनिन भने सकिदैंन ।  यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्।