गायिका सहिम श्रेष्ठ बुटवलबाट आफ्नो गायन यात्रा प्रारम्भ गरेकी हुन्| गायन प्रतिस्प्रधामा भाग लिय पछि हौसियकी सहिमाको चर्चा “हेरेको हेरेइ हुन्छु होला” भन्ने गीतले आकासियको हो| तेस पछि उनको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| कहिले तीजको गित कहिले आधुनिक, कहिले चलचित्र त कहिले रोमान्टिक पप नया नया गित दिने क्रम जारी छ| देश बिदेशका कार्यक्रममा पनि उत्तिकै ब्यस्त रहने सहिमाले आफ्नो एल्बम मस्तीबाट मस्तिले भरिपूर्ण गित “त्यो आकाशमा” हट भिडियोका साथ् आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी छिन्|
यौबनाबस्थामा एउटा महिलामा आउने मनका तरंगलाई साब्दामा उनेका छन्
गीतकार किरण के सी क्रोधीले अनि ति सब्दलाई संगीतबद्ध गरेकी छिन् संगीतकार रेखा पौडेलले|
उक्त रोमान्टिक गीतलाई सब्दले मागेझै रोमान्टिक मोडमा अभिनय गरेका छन् खुस्बु खड्का र सुजन रेग्मीले| नितिन चन्दको निर्देशनमा बनेको भिडियो दुबइमा छायांकन गरियको हो| नमित कुमार चन्दले छायांकन गरेको भिडियोलाई रूपेशले सम्पादन गरेका हुन्|