बरिष्ठ गायक एवम् भजनशिरोमणी भक्क्तराज आचार्यको सोमवार काठमाडौंमा एक कार्यक्रमको बिच सम्मान गरिएको छ। गायक प्रेम सेनको डेब्यू एल्बम प्रेमकथाको बिमोचन समारोहमा आचार्यलाई सम्मान गरिएको हो। श्रीमती र दुई छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यसंगै उपस्थित भएका भक्क्तराज आचार्यलाई गायक सेनले दोसल्ला,सम्मानपत्र र नगद २५ हजार ५ सय २५ द्धारा सम्मान गरिका हुन्।
एक दशक देखी गीतसंगितको क्षेत्रमा साधना गर्दै आएका प्रेमले एल्बम बिमोचन गर्दै गर्दा भक्क्तराज आचार्यलाई सम्मान गर्न पाउदा खुसी लागेको बताए।एल्बमलाई प्रमुख अतिथी एवम् सम्मानित व्यक्तिव भक्क्तराज आचार्य,आचार्य पत्नस् सुशिला आचार्य, गायक छोराहरु सत्यराज स्वरुपराज आचार्य, निर्देशक अर्जुन अधिकारी संगितकार हरी लम्साल, मोडल भिजे बिवेकसिंह ठकुरी लगायतले एकसाथ बिमोचन गरेका थिए। ७ ओटा गीतहरु रहेको एल्बका दुई गीतहरु थाहा छैन र तिमिले ला को मायाको म्यूजिक भिडियो समेत प्रर्दशन गरिएको थियो। कार्यक्रममा एल्बम तयार पार्न सहयोग गर्ने गीतकार एवम् संगीतकारहरुलाई समेत मायाको चिनोको साथमा ढाका टोपी र नेपाली झण्डा प्रदान
गरिएको थियो।
एल्बमका सातै वटा गीतलाई प्रेमसेनले गाएका छन् भने दुई गितहरु मदहोसी र जहिलेसम्मलाई क्रमश गायिका द्धय दिब्यज्योती र अन्जु पन्तले साथ दिएका छन्।एल्बमभित्र नरेश भट्टराई, साजन शाह, कमल खत्री, सुर्य दोब र टिका बोम्जनले लेखेका
गितमा हरी लम्साल, कमल खत्री, टिका बोम्जन र बिनोद खम्बुले संगीत भरेका छन्। एल्बमभित्रका गीतहरुको बिबेचना गर्दै गायक सत्यराज आचार्यले प्रेमसेन भित्र गीतसंगितको क्षेत्रमा केहि गर्ने हुनर रहेको बताए। कार्यक्रममा बोल्दै आचार्यले सेनको ओझिलो आवाजबाट सबैजनाको मन जित्नेमा ढुक्क रहेको र आगामी दिनहरुमा संगीतिक फाटँलाई उर्वर बनाउने गीत गाउन
शुभकामना दिए।