देशको सेवागर्न सेनामा प्रवेश गर्न र बाहिरबाट पनि सेनालाई सहयोग गर्न सकिने सन्देश बोकेको लघुचलचित्र राष्ट्रको पहरेदार सेनाले आयोजना गरेको लघुचलचित्र प्रतियोगिता २०७२ मा प्रथम भएको छ। देवेन्द्र पाण्डेको निमार्णमा बनेको यस लघुचलचित्रले प्रथम हुदै नगद १ लाख ५० हजार प्राप्त गर्न सफल भएको छ। राजधानिको आर्मी अफिर्सस क्लबमा सोमबार प्रधानसेनापनि राजेन्द्र क्षेत्रीको प्रमुख थित्यतमा सम्पन्न कार्यक्रममा लघुचलचित्र प्रतियोगितमा समाबेश चलचित्रहरुलाई पुरस्कार बितरण गरिएको हो।
प्रतियोगितामा सुरज पौडेलको निमार्णमा तयार लक्ष्य जिन्दगीको दोस्रो र प्रतिश श्रेष्ठको निमार्णमा तयार नयाँ घर तेस्रो भयो। उनीहरुले क्रमश नगद पुरस्कार एक लाख र ५० हजार प्राप्त गरे। यस्तै बिवेक पौडेलको अध्याय र डेवीन राईको सिपाईले सान्तवना पुरस्कार पाउदै गर्दा दुबैले नगद १०/१० हजार प्राप्त गरे।यता प्रतियोगितमा समावेश सबै आठ फिल्मलाई प्रशंसापत्र प्रदान गरिएको थियो। हरेक बर्षजसो आयोजना हुने यस प्रतियोगितमा सहभागी फिल्महरुको मूल्याड्ढन निर्देशक दिनेश डीसि,रामशरण पाठक, कलाकार सन्तोष पन्त,प्राबिधिक महासेनानी ईश्वरकुमार श्रेष्ठ, प्रमुख सेनानी रामचन्द्र खत्री, सेनानी विजय श्रेष्ठ, सिनेमा बिज्ञ कपिल पराजुली लयायतको निर्णयक मण्डलीले गरेका थिए।यता कार्यक्रममा सेनाको बार्षिक प्रकाशन सिपाही र शिवपुरी जर्नलमा प्रकाशीत लेखहरु मध्ये उत्कृष्ट लेखलाई नगद सहित प्रसंसापत्र द्धारा सम्मानित गरिएको थियो।