बिरु लामा र टिका पुनको ध्यान कता छ ?

हाम्रै गाउ समाजका यथार्तपरक कुराहरु जस्तै साउको ऋण तिर्न बिदेशिनु परेको अवस्था, बिदेशीय पछि एक अर्काको ज्यान एकातिर ध्यान (मन) अर्कातिर भयको कुरालाई समेटिएको लोकदोहोरी गीत “ध्यानत त्यतै जाने “बजारमा आएको छ | गीतले भन्छ यो परदेशी ठाउमा तिम्रो यादमा ,निकै झल्को आउछ गाउ पाखामा गएको घरमा खोले सिस्नु खाएको किन नजाला ध्यान तिमीतिर ,हर सपनामा तिम्रो तस्बिर मेरो दिलमा आउछ ।

चर्चित लोकदोहोरी गायक बिरु लामा र टिका पुनको सुमधुर आवाजमा परदेशीहरुको पिडामा आधारित उक्त लोकदोहोरी गीत हिम सम्झौता म्युजिक प्रालि मार्फत बजारमा आएको हो | यस गीतमा शब्द सागर बि सीको छ भने संगीत गणेश परियारको रहेको छ ।एकिन्द्र सारा संकरको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने हरिस महराको रहेको छ ।लक्ष्मान थापा र अनिता बस्नेतको ससक्त अभिनयमा तयार भएको म्युजिक भिडियो हिम सम्झौताकै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।