करिब १३ बर्षको सांगीतिक संग्लग्नता, ब्याचलर इन म्युजिक र निरन्तर सांगीतिक साधना, टेकेन्द्र नेपालीका परिचय हुन्| संगीतका कुसल साधक टेकेन्द्र अन्तत आयका छन “लायको माया” गीतको भिडियो सहित| आफ्नो कला र गलालाई विभिन्न ठाउँ मा प्रस्तुत गर्दै आफ्नो साधनामा पोख्त भएका गायक टेकेन्द्रले यो गित मार्फत नेपाली सांगीतिक बजारमा बिधिबत पाइला राखेका हुन् भन्दा फरक पर्दैन| मिलन पछिको पिडालाइ गीतमार्फत ब्यक्त गर्न खोजियाको छ| बाटो मोडेका, कसम तोडेका , अन्तै सम्बन्ध जोडेका जस्ता सब्दहरुलाई गीतमा ढालेका छन गीतकार कुमार मिश्रले जसलाई गायक स्वयम् टेकेन्द्रले संगीतबद्ध गरेका छन| पप आधुनिक धारको गित मन पराउने श्रोताका लागि पक्कै मन पर्ने छ|
एउटा फरक परिवेशको कथावस्तु समेटिएको भिडियोलाई पछिल्लो समयका निकै व्यस्त निर्देशक दिलिप समनले निर्देशन गर्नु भएको छ ल उक्त म्युजिक भिडियोमा उमेश भट्ट र सम्पदा बानियाँको अभिनय रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ l उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटको युट्युब च्यानलमार्फत आज रिलिज गरिएको छ l
https://youtu.be/LvLKvU8wjJU?t=60