गायक युवराज गुरुङको १२ औं गीतिसंग्रहको रुपमा झुम मस्ती बजारमा आएको छ। १६ बर्ष लामो मिहिनेतलाई एल्बममा उतारेका गुरुङले झुम मस्ती भित्र ६ ओटा फरक फरक स्वादका गीतहरु पस्केका छन्। म्यूजिक नेपालको लगानी र बजार ब्यबस्थापनामा तयार भएको एल्बमको एक राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत रातो रङको झण्डाको म्यूजिक भिडियो समेत तयार पारीएको छ। केहि समय अधिनै तयार म्यूजिक भिडियोमा नायिका करिष्मा मानन्धरको अभिनय समेत रहेको छ। रक पप फ्यूजनमा तयार पारीएको एल्बमको अर्को एक हनीको डोरीले बोलको गीतको समेत भिडियो तयार भईसकेको छ।
एल्बममा पहिलो गीतको रुपमा यमुना प्रधानाको शब्दमा तयार भएको आऊ नाचौं बोलको गीतलाई गायक स्वयमले संगित भर्ने काम गरेका छन् भने दोस्रो ट्रयाकको रुपमा डा भोला रिजालको शब्द र किशोर खतिवडाको संगीतमा मोहनीको डोरीले बोलको गीत समावेश गरिएको छ।त्यस्तै तेस्रो गीत मैले खोजेको प्रितलाई निखिल बिश्वासले संगीत र शंकर शाहले शब्द लेख्ने काम गरेका छन्। चौथो ट्रयाकको रुपमा रहेको राष्ट्रिय गीत रातो रङको झण्डालाई शीला पन्त र सोई ढोले सोई बोलको गीतलाई शिव मुखियाले शब्द लेखेका छन्। यस्तै अन्तिम ट्रयकको रुपमा रहेको यो जुनीमा बोलको गीतलाई सरु जोशीले तयार पारेकी छिन्।
गीत भित्र तेस्रो लिंगीको कथालाई उजागर गरेको गायक युवराज गुरुङले बताए।