पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । आयोजक संस्था म्यूजिक खबर डटकमले प्रेस विज्ञप्ति जारी गर्दै पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । गीतसंगीतका विभिन्न ३२ विधामा आयोजना गरिँदै आएको म्यूजिक खबर अवार्डमा गीतसंगीतका करिब ११ सय गीतसंगीतले भाग लिएका थिए । उक्त गीतहरुबाट सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै १ सय ६० जना कलाकार एवं सिर्जनाको नाम सार्वजनिक गरिएको छ ।
पाँच वर्षअघिदेखि आयोजना गरिँदै आएको यस अवार्डमा यसभन्दा अघि पनि राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले अवार्ड चुम्दै आएका छन् भने यस वर्ष पनि १ सय ६० जना कलाकार एवं सिर्जनाबाट उत्कृष्ट ३२ विधामा अवार्ड चुम्नेछन् ।