अम्बर अमर रहुन

13418819_1026896717390119_3838219052571940183_nलामो समय देखी बिरामी अबस्थामा रहेका बरिष्ठ संगीतकार अम्बर गुरुङले मंगलवार बिहान २ बजेर ३७ मिनेटमा धापासी स्थित ग्राण्डी हस्पिटलमा सदाको लागी आखाँ चिम्लेसंगै बिहानै देखी अस्पतालमा कलाकर्मी, आफन्त एवम् शुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो।बिहानै संञ्चारमाध्यमहरुले मृत्युको खबर प्रवाह गरेसंगै अस्पताल वरपरका शुभचिन्तकको उपस्थिती बाक्लिएको थियो। अचानक ब्लड प्रेसर घटेर ढलेसंगै अघिल्लो सोमवार अस्पताल भर्ना गराईएको गुरुबलाई स्वाश प्रश्वास, अन्ननलीको रक्तश्राव ­ युजिआई बिल्डब) र पार्किन्सोनिज्मनै मृत्युको कारण बनेको थियो। यि रोगको साथमा गुरुबमा मोनिया,मधुमेह जस्ता समस्याको कारण पनि स्वस्थ्य उपचारमा जटिल भएको डाक्टरहरुले जानकारी गराएका थिए।

हार्दिक स्रद्धान्जलि
हार्दिक स्रद्धान्जलि

बिहानको साढे नौ बजे गुरुबको शव अस्पतालबाट निकालेसंगै जम्मा भएका आफन्त शुभचिन्तकले अस्पताल प्रांगणमै श्रद्धाञ्जली अर्पण गरेका थिए।गहभरी आशु पार्दै अन्तिम पटक अम्बर गुरुङको अनुहार हेर्नको लागी अस्पताल प्रांगढमै गुरुङ पत्नि, छोराहरु, छोरी, गायक दीप श्रेष्ठ, संगीतकार शम्भूजित बास्कोटा, साहित्यकार बैरागी काईला,शरु भक्त लगायतको उपस्थिती रहेको थियो। दिप प्रजोलन र बौद्ध परम्परा अनुसार बाजागाजा फूलमाला सहित अस्पतालमै श्रद्धाञ्जली अपर्ण गरेसंगै फूलमालाले सिन्गारियको सेनाको गाडीमा राखेर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको प्रांगढ सम्म अन्तिम श्रद्धाञ्जलीको लागी ल्याईएको थियो।

बाटाभरी शुभेक्छुकको अन्तिम श्रद्धाञ्जलीको पुष्पगुच्छा संगै एकेडेमी ल्याईएको उनको शवमा बिहानै देखी एकेडेमीमा जम्मा भएका कलाकर्मी, शुभेक्छुकहरुले अन्तिम पटक गुरुङको अनुहार हेरेका थिए।अन्तिम श्रद्धाञ्जली कार्यक्रममा थुप्रै कलाकर्मी, साहित्यकार, राजनितज्ञहरुको उपस्थिती रहेको थियो।कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन,कांगेस सभापति शेर बहादुर देउवा, एमाले नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल,प्रदिप ज्ञवाली,समाजसेवी अनुराधा कोईराला, संगीतकार दीपक
जंगम, गीतकार राजेन्द्र थापा तथा रत्न शमसेर थापा यस्तै राजेश पायल राई, रामकृष्ण ढकाल, कुन्ति मोक्तान लगायतका कलाकर्मी एवम् राजनितज्ञले अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए। बाक्लो उपस्थिती रहेको शुभचिन्तकहरु मलिन अनुहार बोकेर अम्बरलाई बिदाईका हात हल्लाउदै थिए।

13418941_10154327555092526_7720986576182560083_n

बिहान ११ बजे देखी दिउसो ३ बजेसम्म एकेडेमीको प्रागढमा राखिएको उनको शवलाई नेपाली सेनाले पनि बिशेष सम्मान प्रकट गरेको थियो। सेनाका मानार्थ महासेनानी समेत रहेका गुरुङलाई प्रधानसेनापती राजेन्द्र क्षेत्री सहित सेनाका जर्नेलहरुले श्रद्धाञ्जली अपर्ण गरेका थिए। प्रधानसेनापती क्षत्रमानसिंह गुरुङको पालामा अम्बर गुरुङलेनै संगितभरेको रातो र चन्द्र सुर्यबोलको गीतलाई सैनिक गीत बनाएसंगै अम्बरको मृत्युमा सैनिकले सम्मान प्रकट गरेको हो। यता सरकारले भने गुरुङलाई राष्ट्रिय सम्मानका साथ अन्थेष्टि गरेको छ। उनको पशुपति आर्यघाटमा हिन्दु बौद्ध परम्परा बाट अन्थेष्टि भएको हो।