फान अवार्डको मनोनयन सार्वनजिक
कबड्डी कबड्डी, पशुपतिप्रसाद र ड्रिम्सको बर्चश्व
चलचित्र कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघले हरेक बर्ष आयोजना गर्दै आएको फान अवार्ड अन्तर्गत यस बर्षको लागी कलाकारहरुको मनोनय सुची बिहिवार सार्वजनिक गरेको छ। २०७२ सालभरी प्रर्दशनमा आएका ६८ नेपाली फिल्मबाट बिभिन्न २४ बिधाका लागी उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको हो। हरीहर शर्मा,लक्ष्मीनाथ शर्मा, सुरेश अधिकारी, प्रकाश सुवेदी शान्तिप्रियको निर्णायक कमिटीले मनोनयन सूची तयार पारेका हुन्।
अवार्डको लागी उत्कृष्ट अभिनेता तर्फ फिल्म कबड्डी कबड्डीबाट दयाहांग राई, पशुपति प्रसादबाट खगेन्द्र लामिछाने, प्रेमगीतबाट प्रदीप खड्का, क्लासिकबाट आर्यन सिग्देल र फन्कोबाट सैगात मल्ल मनोनयमा परेका छन्। यता अभिनेत्री तर्फ रिफ्यूजीबाट रिश्ता बस्नेत, भाग सानी भागबाट केकी अधिकारी, फूलै फूलको मौसम तिमीलाईबाट निता ढुंगाना, क्लासिकबाट नम्रता श्रेष्ठ र फन्कोबाट प्रियंका कार्की उत्कृष्ट ५ भित्र परेका छन्। बर्षको पाँच उत्कृष्ट फिल्म तर्फ कबड्डी कबड्डी, ब्लासीक, पशुपति प्रसाद, प्रेमगीत र ड्रिम्सले प्रतिस्पर्धा गर्दै गर्दा कथा तर्फ भने टिचर बाट शुशिल पंगेनी, पशुपति प्रसादबाट दिपेन्द्र के खनाल, कबड्डी कबड्डीबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, प्रेमगीतबाट रामशरण पाठक र राहदानीबाट डब्बु क्षेत्री उत्कृष्ट एक बन्न भिड्ने छन्। यत निर्देशक तर्फ रामबाबु गुरुङ कबड्डी कबड्डी, उज्वल घिमिरे वडा नम्बर ६ दिनेश राउत क्लासिक र दिपेन्द्र के खनाल पशुपति प्रसादबाट मनोनयमा परेका छन् भने नव निर्देशकमा अर्धकट्टीबाट सुव्रत आचार्य,चकलेटबाट निर्मल शर्मा,
धौलीबाट घनश्याम लामिछाने, भैरवबाट निखिल उप्रती र ड्रिम्सबाट भुवन के.सी सुचित भएका छन्।यता सहअभिनेता तर्फ सलोन बस्नेत, विजय बराल, सविन श्रेष्ठ,जितु नेपाल र प्रमोद अग्रहरी भिड्दै गर्दा रोमी घिमिरे, अशिष्मा नकर्मी, हर्षिका श्रेष्ठ, सुरविना कार्की र नन्दिता के.सी सह अभिनेत्री तर्फ मनोनीत भएका छन्।
चरित्र अभिनेता तर्फ शिशिर भण्डारी, प्रकाश अधिकारी, माउत्से गुरुङ बुढाथोकी मनोनित पाँचको सुचीमा परेका छन भने चरित्र अभिनेत्री तर्फ गिता अधिकारी, बिपना बस्नेत , , सुर्दशन थापा प्रेमगीत, , सरोज खनाल र रमेश अरुणा कार्की, लक्ष्मी गिरी र दिपा श्री निरौला मनोनित भएका छन्। नब अभिनेता तर्फ आमेश भण्डारी, पल शाह, शुशिल श्रेष्ठ, नजिर हुसेन र प्रदिप बास्तोला छन भने नबअभिनेत्री तर्फ बर्षा शिवाकोटी, बर्षा राउत, शशी श्रेष्ठ, स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह मनोनीत सुचिमा परेकी छिन्।खलपात्र तर्फ बिपिन कार्की, अनुप बराल, मुरलीधर, प्रदिप चौधरी र मुकुन्दा थापा परेका छन् भने हास्य कलाकार तर्फ केदार घिमिरे, सिताराम कट्टेल, जिवन लुईटेल, राजाराम पौडेल र विल्सन विक्रम राई मनोनयनको सुचिमा छन्।यता पटकथा तर्फ कबड्डी कबड्डी, नाई नभन्नु ल ४, धौली, ड्रिम्स र प्रेमगीत त्यस्तै संवाद तर्फ प्रेमगीत, भैरव, नाई नभन्नु ल ४, वडा नम्बर ६ र पशुपति प्रसाद मनोनयमा परेको छ। कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघमा अध्यक्ष राम केशर बोगटीले मनोनयमा परेका ५ मध्ये १ छान्ने जिम्मा पनि मनोनयन सिफारीस कमिटीलेनै गर्ने जानकारी गराएका थिए। अवार्ड कार्यक्रम भने असार १८ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजना हुने आयोजक पक्षले जानकारी गराएको छ।